• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo

कांग्रेसका मन्त्रीहरूले आफैँ राजीनामा नदिने



file photo

काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् ।

सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिए ।

कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको उपयोग गर्ने गुरुङले बताए । प्रचण्ड सरकारमा कांग्रेसका ८ जना मन्त्री रहेका छन् ।

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन भत्काएको आरोप लगाएका थिए ।

आजै एमाले-माओवादी-रास्वपालगायतको नयाँ सानो आकारको मन्त्रिमण्डल गठनको तयारी रहेको छ । जनमत, जसपा र नाउपा सरकारमा सहभागि हुने नहुनेबारे छलफलमा छन् ।