८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहानै छिटो उठ्नुका फाइदाहरू



a nice girl enjoys sunny morning
अ+ अ-

एजेन्सी । बिहानको मिठो निन्द्रा कसैलाई राम्रो लाग्दैन । तर, विश्वास मान्नुहोस्, यस पललाई छोड्नुको फाइदा पनि उत्तिकै रहेका छन् । यदी तपाई बिहानै उठ्नुका फाइदाबारे अन्जान हुनुहुन्छ भने थाहा पाइराख्नुहोस् बिहान उठ्नुका पाँच फाइदाहरुः

१. बिहान छिटो उठ्नाले तपाईले अतिरिक्त उर्जा पाउनसक्नुहुन्छ । यसले तपाईलाई दिनभर उर्जावान् बनाउने काम गर्छ । एकप्रकारको आनन्द दिने काम पनि गर्छ । तपाईमा सकारात्मक सोचको विकास गर्छ ।

२. छिटो उठ्नुको एउटा ठुलो फाइदा छ । त्यो हो तपाईसँग पर्याप्त समेत हुन्छ । यसकारण पनि तपाईले धेरै काम धर्यताका साथ गर्नसक्नुहुन्छ । सबै काम समयमै सकेर तपाई केही क्वालिटी समय समेत निकाल्न सक्नुहुन्छ ।

३. छिटो उठ्नु, दिमागको लागि पनि उत्तिकै फाइदा हुन्छ । यसले तपाईको एकाग्रता बढाउने काम गर्छ । यदी तपाईको पढाई वा अफिसको काम छ भने विहान एकाग्रताका साथ काम गर्न सक्नुहुनेछ ।

४. योगा तथा व्यायामका लागि सबैभन्दा महत्वपुर्ण समय भनेको बिहान नै हो । यसले तपाईलाई दिनभर फिट राख्न मदत सक्छ । यसले तपाईलाई शान्त र एकाग्र राख्न महत्वपुर्ण भुमिका खेल्छ ।

५. बिहानको मौसम स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपुर्ण रहेको हुन्छ । यसको फाइदा उठाउन भनेपनि छिटो बिहान उठ्नु आवश्यक छ ।