२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध

पंकज उदासको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

पंकज उदासको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै
अ अ+ अ-

एजेन्सी । भारतका चर्चित गजल गायक पंकज उदासको पार्थिव शरीर मुम्बईको वर्लीस्थित हिन्दू शवदाह गृहमा राखिएको छ । केही समयभित्रै उनी पाँच तत्वहरूमा विलय हुनेछन् । अन्तिम यात्रा सुरु गर्नुअघि पद्मश्री पुरस्कार विजेता पंकज उदासलाई राजकीय सम्मान प्रदान गरिएको थियो ।

उनको पार्थिव शरीर मंगलबार बिहान मुम्बईस्थित उनको घरमा ल्याइएको थियो । उनको सोमबार ७२ वर्षको उमेरमा निधन भएको हो ।

पंकज उदासले चर्चित गजल ‘चिठी आयी’ बाट निकै चर्चा पाएका थिए । पंकज उदासको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छो थिए । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको थियो ।

उनका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए । उनका बुबा केशुभाई उदास सरकारी कर्मचारी थिए, उनलाई इसराज खेल्न निकै मन पर्थ्यो । उनकी आमा जितुबेन उदासको गीत निकै मन पराउँथिन् । यही कारण पंकज र उनका दुई दाजुभाइको सधैँ संगीतप्रति झुकाव थियो ।

पंकजले गायनमै करियर बनाउने सोचेका थिएनन् । त्यसबेला भारत र चीनबीच युद्ध चलिरहेको थियो । यसै क्रममा लता मंगेशकरको गीत ‘ए मेरे वतन के लोगों’ रिलिज भएको थियो । पंकजलाई यो गीत निकै मन पर्यो । उनले कसैको सहयोग बिना नै एउटै लय र धुनमा यो गीत बनाएका हुन् ।

बिस्तारै पंकज गजल गायनको प्रेममा परे, जसका लागि उनले उर्दू सिके । एक पटक स्टेज पर्फमेन्स दिदै थिए, जहाँ उनले ४–५ गजल गाइसकेका थिए । त्यसपछि एक दर्शक उनीकहाँ आएर गजलको लागि अनुरोध गरे ।

पंकजलाई उनको व्यवहार मन परेन र उनले गीत गाउन अस्वीकार गरे । यो देखेर ती व्यक्ति यति रिसाए कि पंकजको अगाडि बन्दुक तान्दै गीत गाउन भने । पंकज मानिसको यो कार्यबाट यति डराए कि उनले उनको अनुरोधमा गजल गाए ।

पंकजले ११ फेब्रुअरी १९८२ मा फरीदासँग विवाह गरेका थिए । दुवैको भेट एक साथीको विवाहमा भएको थियो । पंकजले फरिदालाई पहिलो नजरमै मन पराएका थिए । त्यतिबेला उनी ग्रेजुएशन गरिरहेका थिए र फरिदा एयर होस्टेस थिइन् । दुईबीच पहिले मित्रता थियो, त्यसपछि प्रेम । दुवै विवाह गर्न चाहन्थे । पंकजको परिवारलाई यो सम्बन्धमा कुनै आपत्ति थिएन ।

जब फरिदाले आफ्नो परिवारलाई यस सम्बन्धको बारेमा बताइन्, उनीहरूले यो सम्बन्धलाई स्वीकार गरेनन् । आफ्नी छोरीको अर्को धर्ममा बिहे गराउन चाहँदैनथे । फरिदाको आग्रहमा पंकज उनको घर गए र बुबासँगको सम्बन्धको बारेमा कुरा गरे । फरिदाका बुबा रिटायर्ड पुलिस अफिसर थिए, त्यसैले पंकज धेरै डराउँथे, तर उनले आफ्नो शब्दले उनको मन जिते । फरिदाका बुवाले उनीहरुको बिहे गर्न राजी भए । त्यसपछि दुवैले विवाह गरे । दुवैका दुई छोरी नायब र रेवा छन् ।