२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेममा पागल भएका युवाले ओठभित्रै आफ्नी गलफ्रेन्ड अमृता नामको टाटु खोपेपछि…



अ+ अ-

एजेन्सी । भनिन्छ माया अन्धो हुन्छ । जब कसैसँग प्रेममा परिन्छ, तब पागल जस्तै जे पनि गर्न तयार हुन्छन् । यस्तो मायामा के सहि के गलत हो बुझ्न पनि सक्दैनन् । पागल प्रेमीले संसारको वास्ता गर्दैन ।

यस्तै एक प्रेमिको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र जसमा एक व्यक्तिले आफ्नी प्रेमिकाको नाम यस्तो ठाउँमा लेखेका छन् जुन पत्याउनै गाह्रो छ ।

अभिषेक सपकल नामका एक इन्स्टाग्राम प्रयोगकर्ताले यो भिडियो सेयर गरेका छन्, जसमा एक पुरुषले आफ्नी प्रेमिकाको नामको ट्याटु बनाउँदै गरेको देख्न सकिन्छ ।

यो प्रेमीले यो ट्याटु बनाउनको लागि अन्य कुनै ठाउँको बारेमा सोच्न सक्दैन, त्यसैले उसले यस्तो ठाउँमा बनाउँछ जुन कल्पना गर्न पनि गाह्रो छ । पुरुषले आफ्नो तल्लो ओठको भित्री भागमा आफ्नी प्रेमिकाको नामको ट्याटु बनाउँछ । ओठमा अमृता लेखिएको देखिन्छ ।

यो भिडियो ८० लाखभन्दा बढी पटक हेरिएको छ र मानिसहरूले यसमा रमाइलो कमेन्ट गरिरहेका छन् । एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखे, ‘ब्रेकअपपछि मुख नखोल ।’ अर्का प्रयोगकर्ताले लेखे, ‘यो पागलपन हो, माया होइन ।’ कमेन्ट गर्दै तेस्रो प्रयोगकर्ताले लेखेका छन्, ‘उनी चतुर छन्, यदि ब्रेकअप भयो भने बिहेपछि श्रीमतीले भेट्न सक्नेछैनन् ।’ अर्काले लेखे, ‘गुटखा खायौ भने सबै गायब हुन्छ ।’