१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा

टेरामक्स खरिद घोटाला प्रकरणको अनुसन्धान अन्तिम चरणमा: अख्तियार प्रमुख राई

टेरामक्स खरिद घोटाला प्रकरणको अनुसन्धान अन्तिम चरणमा: अख्तियार प्रमुख राई
अ अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिद घोटाला प्रकरणमा बयान लिने काम सकिएको बताउनुभएको छ ।

मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उहाँले अनुसन्धानको काम अन्तिम चरणमा पुगेकाले केही समय भित्रै त्यसको नतिजा आउने पनि बताउनु भयो । सो प्रकरणमा मुछिएका हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि आयोगले बयान लिएको छ । प्रमुख आयुक्त राईले सो प्रकरणको तथ्य र प्रमाणलाई केलाउने काम भइरहेकाले केही समयभित्रै परिणाम आउने बताउनु भयो । उहाँले गौतम बुद्धको समाधिस्थल रामग्राम स्तुपा क्षेत्रको जग्गा ९९ वर्षका लागि लिजमा दिने मुद्दाको बारेमा प्रारम्भिक अनुसन्धान शुरु भएको र विस्तृत अध्ययन गरेर अघि बढ्न केही समय लाग्ने पनि समितिलाई जानकारी दिनुभयो ।

प्रमुख आयुक्त राईले भन्नुभयो, ‘टेरामक्स भन्ने अर्को सूचना प्रविधिसँग सम्बन्धित विषय हो । यसको विषय पनि अब हामीले करिवकरिव वयानलाई टुंग्याएको अवस्था हो । बयानपछि हामीले अव विश्लेषण गरेर अध्ययन, अनुसन्धान गरेर यसलाई यसलाई एउटा फरम्याटमा ल्याउने, तथ्य र प्रमाणलाई केलाउने काम भइराखेको छ । केही समय भित्र यसको पनि रिजल्ट आउन सक्छ । त्यसैले यो पनि अनुसन्धानको करिव करिव अन्तिम, अन्तिम अवस्थामा पुगेको जानकारी म गराउन चाहन्छु । अब अर्को यो गौतम बुद्ध समाधिस्थल रामग्राम स्तुप क्षेत्रको जग्गा लिज दिने सम्बन्धमा ९९ वर्षसम्म भन्नेछ । यो विषयमा पनि अहिले भर्खर आएको छ । यसलाई प्रारम्भिक छानविन शुरु गरेर विस्तृततिर गइरहेका छौ । यसको पनि केही समय लाग्छ नै ।’

आयोगले धितोपत्र बोर्ड सेयर कारोबार सम्बन्धि मुद्दाको अनुसन्धानको कामलाई पनि अघि बढाएको जनाएको छ । प्रमुख आयुक्त राईले वाईडबडी विमान खरिद, सेक्युरिटी प्रेस, चमेलिया जलविद्युत आयोजना छानविन भइरहेको उल्लेख गर्दै छिटै टुंगो लगाउने बताउनु भयो । उहाँले बाईडबडी विमान खरिद प्रकरणको छानविनका लागि वाह्य मुलुकसँग द्विपक्षीय सम्झौता नभएको अनुसन्धानमा कठिनाई भईरहेको पनि स्पष्ट पार्नुभयो । वैज्ञानिक वन व्यवस्थापन सम्बन्धि मुद्दामा उपभोक्ता समितिहरु धेरै भएकाले अनुसन्धानको कामले धेरै समय लिने अवस्था रहेको पनि प्रमुख आयुक्त राइले बताउनु भयो । कैलाली, सिन्धुली, कञ्चनपुर, कपिलवस्तु चार वटा जिल्लामा वैज्ञानिक वन व्यवस्थापन सम्बन्धि उजुरी आयोगमा परेपछि अनुसन्धानको काम शुरु भएको छ । प्रमुख आयुक्त राईले वन उपभोक्ता समितिहरु धेरै भएकाले यस सम्बन्धि अनुसन्धान जारी रहेको बताउनु भयो । प्रमुख आयुक्त राईले विशेषज्ञ जनशक्तिको अभावमा आयोगको काम गर्ने क्षमता कमजोर हुन पुगेको पनि बताउनु भयो । कर्मचारीहरु सरुवा भईरहने भएकाले मन्त्रालय तथा विभागहरुमा अनुसन्धानका लागि आवश्यक डकुमेण्टहरु पाउन नसकिने अवस्थाले पनि आफूहरुको अनुसन्धानमा कठिनाई थपिएको प्रमुख आयुक्त राईको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘जुन हाम्रो जनशक्ति छ । विशेषज्ञताको डेभलभमेण्ट गर्नका लागि हामीलाई कठिनाई भएको अवस्था छ । किनभने कुनैपनि कर्मचारी २ वर्ष वा एक वर्ष बितेपछि त्यो आयोगमा बस्न रुचाउँदैन । त्यहाँबाट निस्कन्छ । हामीले उहाँहरुलाई तालिम दिन्छौं, दिन्छौं । सिकाउँछौं । पछि जान्ने भएपछि हिँड्नु हुन्छ । त्यसले गर्दाखेरी विशेषज्ञतामा कमी भएको देखिन्छ एउटा । यसका लागि विभिन्न खालको उपायहरु अपनाउनु पर्छ भन्ने हाम्रो धारणा पनि रहेको छ । अहिले नेपाल ससरकारको सबै निकायको हकमा व्यक्तिगत रुपमा मेरो सोचाई हो–हामीले आयोगमा छलफल त चलायौं । तर व्यक्तिगत सोचाई चाँही यो पोलिसी मेकिङ बोडिस भएको कारणले सम्मानित समितिले त्यसतर्फ पनि विचार गर्नुपर्छ कि भन्ने मलाई लाग्दछ । हाम्रो जतिपनि मन्त्रालयहरु छन्, विभागहरु छन । यसमा चाहीँ तपाई हामीले हेर्ने हो भने संस्थागत संस्मरण पाइँदैन । कुनैपनि अभिलेख पाइँदैन । कुनै पनि विगतमा गरेका कुराहरु पाउन मुस्किल परिसक्यो । त्यो के कारणले हो भन्दा त्यहाँ कर्मचारी फ्रिक्वायन्टली सरुवा हुने । ६ महिना, ३ महिना, ९ महिना, १२ महिना प्रत्येक पटक सरुवा भईराखेको हुन्छ ।

ती डकुमेण्टहरु त्यहाँ रहदैनन् । हाम्रोमा पनि भएको यही अवस्था हो । हाम्रोमा कमसेकम रोक्छौं । र, डेढ वर्ष, २ वर्ष राख्छौं । त्यो भएकाले केही हदसम्म हाम्रोमा छ । परराष्ट्र मन्त्रालयमा पनि अलिक छ । किनभने त्यहाँ समूह छुट्टै छ । राजस्वको पनि केही हदसम्म समूह छ । संसदमा पनि केही हदसम्म सेवा समूह छ । कानूनमा छ । सरकारी वकिलमा छ, अदालतमा छ । तर अरु यी निकायमा छैन । किनभने हामीले फ्रिक्वायन्टली कर्मचारीलाई जहाँ पनि सरुवा गर्न थाल्यौं । सरुवा भएपछि त्यो डकुमेण्ट कसैले पनि नराख्ने भयो । डकुमेन्ण्ट मेरो जिम्मेवारी नै होइन, जवाफदेहिता होइन भन्ने भयो । त्यसैले अहिले मेरो सोचाई चाहीँ मिनिष्ट्री वाईज क्याडर तयार गर्नुपर्छ । त्यही उपसचिवसम्मको क्याडर डेभलभ गरिदियो भने कमसेकम त्यो कर्मचारी २० वर्ष त्यही रहन्छ । उद्योगमा चाहिएको छ भने त्यही जानु पर्‍यो, वाणिज्यमा मागेको त्यही जानुपर्‍यो । अर्थ भए अर्थ । त्यसरी जाँदा त्यो क्याडर उपसचिव हुँदासम्म बस्यो भने त्यसले उसको एक्पर्टिज पनि डेभलभ हुन्छ । त्यस अनुसार हामीले निजामती सेवा ऐनलाई लानु पर्छकि भन्ने मेरो धारणा हो । यो कारणले हाम्रो काम गर्ने क्षमतामा जति हुनुपर्ने हो, त्यो हुन नसकेको हो भन्ने मलाई अनुभुति भएको छ ।’

आयोगले गत वर्ष करिव २८ हजार उजुरी परेकोमा ६५ प्रतिशत फछ्र्यौट गरेको र चालु आर्थिक वर्षमा त्यो भन्दा बढी उजुरी पर्ने सम्भावना रहेको पनि औंल्याएको छ ।