• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड

ज्यान मार्ने उद्योगमा फरार विश्वकर्मा पक्राउ



काठमाडौँ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विस २०८० कात्तिक २२ काठमाडौँ महानगरपालिका वडा नं १० बानेश्वरस्थित आइप्लेक्स मल नजिक नेपाल उसु महासङ्घका केन्द्रीय अध्यक्ष जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरेर घाइते बनाई फरार मोरङका ३५ वर्षीय क्रान्ति बराईली भन्ने निलम विश्वकर्मालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बर्तौलालाई धारिलो हतियार (खुकुरी र रड))प्रहार गरी घाइते बनाएको घटनाका मुख्य योजनाकारसमेत रहेका विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले यसअघि उक्त घटनामा संलग्न बाँके कोहलपुरका २४ वर्षीय शेरबहादुर थारु, बाँकेकै २६ वर्षीय आशीष लामिछाने मगर र झापाका ३४ वर्षीय कैलाश भन्ने टेकबहादुर प्रधानलाई पक्राउ गरेर प्रहरी वृत्त बानेश्वरबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

पक्राउ विश्वकर्माले बर्तौलालाई कुटपीट गर्नका लागि शेरबहादुर थारुलाई रु ५० हजार र टेकबहादुर प्रधानलाई रु दुई लाख दिएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस