• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु काँग्रेसको दायित्व हो: नेता सिटौला



file photo

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु काँग्रेसको दायित्व भएको बताउनुभएको छ ।

आईतवार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु काँग्रेसको नेतृत्वदायी दायित्व भएको बताउनुभएको हो । उहाँले पार्टीहरुलाई राष्ट्रहितको बाटो देखाउने दायित्व पनि काँग्रेसकै काँधमा रहेको बताउनु भयो ।

उहाँले काँग्रेसले सबैसँग सहमती, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेसबाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरुले अन्य पार्टीहरुसँग पनि सहकार्य गरेर जनताको स्वार्थ अनुकुल काम गर्नुपर्ने बताउन ुभयो । उहाँले सिंगो राष्ट्रलाई एकतावद्ध गरेर बलियो राष्ट्र निर्माण गर्नुपर्ने भन्दै त्यसका निम्ति पार्टीभित्र र बाहिर सबैसँग मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संसदीय शासन प्रणाली, यसको शासकीय स्वरुप, तीन तहको सरकार छ संघीयता अन्तर्गत । लोकतान्त्रिक समाजवादमा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने संविधानको लक्ष्य हो । हामीले राज्यका सम्पूर्ण संयन्त्रहरुलाई जनताको हितमा, संविधान बमोजिम प्रयोग गरेर समुन्नत राष्ट्र निर्माण गर्न सक्नुपर्छ हामीले । हामीले राष्ट्रिय सभा, प्रतिनिधि सभामा होस् अथवा पार्टीहरुले आफ्नो संगठनबाट निर्माण गर्ने नीतिका प्रक्रियाहरु किन नहुन् सबै जनताप्रति समर्पित भावले नै हामीले गर्दै आएका छौँ हामी त्यही गर्छौँ भोलिका दिनमा पनि । जनताको पक्षमा हामीले जानेको सर्वोत्तम कार्य के हो त्यही कुरा हामी गर्दै जान्छौँ । नेपाली काँग्रेसको अरु पार्टीको भन्दा अलि बढी दायित्व छ जस्तो मलाई लाग्छ । हामी संगठनले थोरै हौँ अथवा धेरै ।’

‘अन्य पार्टी भन्दा नेपाली काँग्रेस पार्टीको दायित्व सदैव बढी हुन्छ । शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी दायित्व पनि कांग्रेसको काँधमा छ । अन्य पार्टीहरुलाई राष्ट्रहितको पथप्रदर्शन गर्ने, बाटो देखाउने दायित्व पनि काँग्रेसकै काँधमा छ । त्यसैले हामीले सबैलाई मिलाएर सहमती, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु पनि छ । व्यवस्थाको माध्यमबाट जनताको अधिकारको रक्षा पनि गर्नुछ । जनतालाई आर्थिक प्रगति पनि दिनुछ । नेपाल स्वतन्त्र, स्वाधिन देश छ । सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भनेर दुनियाँलाई प्रमाणित गर्दै पनि जानुछ । आफ्नो देशको समस्या आफैँ उभिएर समाधान गर्नसक्छौँ भन्ने सन्देश दुनियाँलाई दिँदै जानुछ हामीले । त्यसैले राष्ट्रिय सभामा भएका हाम्रा साथीहरुले अन्य पार्टीहरुसँग पनि सहमती, सहकार्य गरेर, एकता गरेर राष्ट्रको हितमा हाम्रो अथवा अर्काको स्वार्थको खातिर होइन जनताका स्वार्थका खातिर बलियो नेपाल निर्माण गर्नका लागि हामीले मिलेर काम गर्नुछ आपसमा पनि । र त्यहाँभित्र पनि । सिंगो राष्ट्र एकतावद्ध गरेर अगाडी जानुछ र बलियो राष्ट्र निर्माण गर्नुछ ।’

नेता सिटौलाले राज्यका सम्पूर्ण संयन्त्रहरुलाई संविधान बमोजिम जनताको हितमा प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले आफूहरुले आगामी दिनमा जनताप्रति समर्पित भावले काम गर्ने पनि बताउनु भयो ।