१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु काँग्रेसको दायित्व हो: नेता सिटौला

पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु काँग्रेसको दायित्व हो: नेता सिटौला
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु काँग्रेसको दायित्व भएको बताउनुभएको छ ।

आईतवार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु काँग्रेसको नेतृत्वदायी दायित्व भएको बताउनुभएको हो । उहाँले पार्टीहरुलाई राष्ट्रहितको बाटो देखाउने दायित्व पनि काँग्रेसकै काँधमा रहेको बताउनु भयो ।

उहाँले काँग्रेसले सबैसँग सहमती, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेसबाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरुले अन्य पार्टीहरुसँग पनि सहकार्य गरेर जनताको स्वार्थ अनुकुल काम गर्नुपर्ने बताउन ुभयो । उहाँले सिंगो राष्ट्रलाई एकतावद्ध गरेर बलियो राष्ट्र निर्माण गर्नुपर्ने भन्दै त्यसका निम्ति पार्टीभित्र र बाहिर सबैसँग मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संसदीय शासन प्रणाली, यसको शासकीय स्वरुप, तीन तहको सरकार छ संघीयता अन्तर्गत । लोकतान्त्रिक समाजवादमा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने संविधानको लक्ष्य हो । हामीले राज्यका सम्पूर्ण संयन्त्रहरुलाई जनताको हितमा, संविधान बमोजिम प्रयोग गरेर समुन्नत राष्ट्र निर्माण गर्न सक्नुपर्छ हामीले । हामीले राष्ट्रिय सभा, प्रतिनिधि सभामा होस् अथवा पार्टीहरुले आफ्नो संगठनबाट निर्माण गर्ने नीतिका प्रक्रियाहरु किन नहुन् सबै जनताप्रति समर्पित भावले नै हामीले गर्दै आएका छौँ हामी त्यही गर्छौँ भोलिका दिनमा पनि । जनताको पक्षमा हामीले जानेको सर्वोत्तम कार्य के हो त्यही कुरा हामी गर्दै जान्छौँ । नेपाली काँग्रेसको अरु पार्टीको भन्दा अलि बढी दायित्व छ जस्तो मलाई लाग्छ । हामी संगठनले थोरै हौँ अथवा धेरै ।’

‘अन्य पार्टी भन्दा नेपाली काँग्रेस पार्टीको दायित्व सदैव बढी हुन्छ । शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी दायित्व पनि कांग्रेसको काँधमा छ । अन्य पार्टीहरुलाई राष्ट्रहितको पथप्रदर्शन गर्ने, बाटो देखाउने दायित्व पनि काँग्रेसकै काँधमा छ । त्यसैले हामीले सबैलाई मिलाएर सहमती, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु पनि छ । व्यवस्थाको माध्यमबाट जनताको अधिकारको रक्षा पनि गर्नुछ । जनतालाई आर्थिक प्रगति पनि दिनुछ । नेपाल स्वतन्त्र, स्वाधिन देश छ । सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भनेर दुनियाँलाई प्रमाणित गर्दै पनि जानुछ । आफ्नो देशको समस्या आफैँ उभिएर समाधान गर्नसक्छौँ भन्ने सन्देश दुनियाँलाई दिँदै जानुछ हामीले । त्यसैले राष्ट्रिय सभामा भएका हाम्रा साथीहरुले अन्य पार्टीहरुसँग पनि सहमती, सहकार्य गरेर, एकता गरेर राष्ट्रको हितमा हाम्रो अथवा अर्काको स्वार्थको खातिर होइन जनताका स्वार्थका खातिर बलियो नेपाल निर्माण गर्नका लागि हामीले मिलेर काम गर्नुछ आपसमा पनि । र त्यहाँभित्र पनि । सिंगो राष्ट्र एकतावद्ध गरेर अगाडी जानुछ र बलियो राष्ट्र निर्माण गर्नुछ ।’

नेता सिटौलाले राज्यका सम्पूर्ण संयन्त्रहरुलाई संविधान बमोजिम जनताको हितमा प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले आफूहरुले आगामी दिनमा जनताप्रति समर्पित भावले काम गर्ने पनि बताउनु भयो ।