१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

भैँसी फार्मबाट मनग्य आम्दानी गर्दै सुरेन्द्र

भैँसी फार्मबाट मनग्य आम्दानी गर्दै सुरेन्द्र
फाईल फोटो
अ अ+ अ-

धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरका सुरेन्द्र थापा बिहानदेखि बेलुकासम्म आफ्नै भैँसी फार्ममा व्यस्त हुनुहुन्छ । ‘शु–कृष्ण एग्रो कृषि फार्म’ मा गाईभैँसी पालन गर्दै आउनुभएका उहाँले दूध बेचेर दैनिक रु बीसदेखि रु २५ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।

घर नजिकै फार्म सञ्चालन गर्नुभएका सुरेन्द्रले दैनिक दुई सय ५० देखि दुई सय ६० लिटरसम्म दूध बिक्री गर्ने गरेको बताउनुभयो । परिवारका सबैले फार्ममा सहयोग गरेका छन् । उहाँका अनुसार एक जनाले रोजगारीसमेत गरिरहेका छन् । बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म फार्ममा काम गर्दै आइएको उहाँको भनाइ छ ।

पाँच वर्ष अगाडि सुरेन्द्रले सुरु गर्नुभएको फार्ममा अहिले २० भैँसी र सात गाई गरी २७ वटा चौपाया छन् । तीन भैँसीबाट फामृ सञ्चालन गरेको भन्दै उहाँले करिब रु १२ लाखमा लगानी भएको जानकारी दिनुभयो । उहाँले फार्म निर्माण, व्यवस्थापनलगायत काममा हालसम्म रु पचास लाख खर्च भएको बताउनुभयो ।

फार्म सञ्चालन गर्नुअघि इराकमा दुई वर्ष बसेर फर्किएको सुनाउँदै सुरेन्द्रले गाउँमा व्यावसायिक फार्म सुरु गरेको बताउनुभयो । “भैँसी पाल्न सुरु गर्नुअघि गाउँमा दुई हजार पाँच सय कुखुरा, दुई वटा गाई पालेको थिएँ । साथै तरकारी खेती पनि गरेको थिएँ”, उहाँले भन्नुभयो, “पछि व्यावसायिक रुपमा फार्म सञ्चालन गरेर पशुपालनलाई विस्तार गर्दै लगेको हुँ ।”

फार्मबाट मनग्य आम्दानी भए पनि गाईभैँसीलाई खुवाउने दाना, घाँस, पराललगायत खाद्यान्न सामग्री किन्नुपर्ने भएकाले अझै सोचेजस्तो फाइदा लिन नसकेको सुरेन्द्रको भनाइ थियो । “बजारमा बसेर फार्म सञ्चालन गर्न कठिन छ । सबैचिज किनेर पूर्ति गर्नुपर्छ”, उहाँले भन्नुभयो, “दु:ख गरे अनुसार थोरै फाइदा भइरहेको छ । यसैमा खुसी छौँ ।”

आफ्नै जग्गामा फार्म सञ्चालन गरेकाले जग्गाको भाडा तिर्नुपर्ने समस्या नभएको सुरेन्द्रको भनाइ छ । उहाँले बेलाबेलामा विभिन्न रोगले सङ्क्रमण हुने भएकाले पशु प्राविधिकको सहयोग लिनुपर्ने, औषधि गर्नुपर्नेलगायत समस्या आउने गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाले २० वटा भैँसीको बीमा गरिदिएको भन्दै सात गाईको बीमा गर्न बाँकी रहेको सुरेन्द्रले सुनाउनुभयो । “राज्यको किसानलाई थोरै भएपनि सहयोग गरिदिए वास्तविक किसानलाई धेरै राहत पुग्छ”, उहाँले भन्नुभयो, “कमाई भएको रकम फार्ममा नै लगानी गरेर बढाउँदै लगिरहेकाले अझै धेरै विस्तार गर्न बाँकी छ ।”

फार्मबाट उत्पादन भएको गोबरलाई प्रयोग गरेर गोबर ग्यास निकाल्न आवश्यक तयारीमा भइरहेको सुरेन्द्रले जानकारी दिनुभयो । दूध दुहुने र दाना बनाउने उपकरण सरकारले सहयोग गरेमा व्यवसायलाई थप विस्तार गर्ने उहाँको भनाइ छ ।

व्यवसायबाट छोराछोरीलाई पढाउन, घरखर्च चलाएर र अलिअलि बचत गर्न पुगेको सुरेन्द्रकी श्रीमती लक्ष्मी थापाले बताउनुभयो । गाउँमै व्यवसाय गर्न, घरपरिवारसँगै काम गर्न मिल्ने, आवश्यक परेमा छिमेकीसँग ऋण माग्न पनि सकिने भएकाले आम्दानीका लागि विदेश नै जानु नपर्ने उहाँको भनाइ छ ।

फार्ममा खोले पकाउने, दूध दुहुनेलगायत काम गर्दै आउनुभएका धनबहादुर न्यौपानेले फार्ममा रोजगार गर्न थालेदेखि जीविकोपार्जनमा सहज भएको बताउनुभयो ।

बनेपा–५ का वडाध्यक्ष बलराम अधिकारीले युवापुस्ता विद्यालय तहको अध्ययन सकिएपछि विदेशतिर जाने लहर चलिरहेको अवस्थामा युवाले थालनी गरेको काममा नगरपालिका र वडाको तर्फबाट सहयोग गर्दै आएको बताउनुभयो । उहाँले युवालाई व्यावसायिक फार्म सञ्चालनमा सदैव सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

लम्पीस्कीन सङ्क्रमणले पशुधनमा क्षति पुर्‍याएपछि नगरपालिकाले पशुचौपायको नि:शुल्क बीमा गर्ने अभियान सञ्चालन गरेअनुरुप सुरेन्द्रको फार्ममा रहेका पशुको बीमा गरिएको वडाध्यक्ष अधिकारीले बताउनुभयो ।

किसानका पशुचौपायमा कुनै रोग वा सङ्क्रमण भएर केही समस्या देखापेरमा फोनमार्फत जानकारी गराउन अनुरोग गर्दै उहाँले नगरको पशुपन्छी शाखामार्फत प्राविधिक सेवा दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । वडाभित्रका किसानलाई कुनै समस्या भएमा तत्काल सम्बन्धित ठाउँमा पुगेर सेवा दिनका लागि दुई जना प्राविधिकको व्यवस्था गरिएको अधिकारीले बताउनुभयो । रासस