१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले संसदबाट माग्यो गृह, यातायात, स्वास्थ्य र पर्यटनमन्त्रीको राजीनामा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चार मन्त्रीको राजीनामा माग गरेको छ ।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिकमन्त्री सुदन किराँती र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्नुभयो । उहाँले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वाला, युवामाथि गोली प्रहार गर्न आदेश दिने गृहमन्त्री श्रेष्ठ, अख्तियारको छानबिनमा रहनुभएका स्वास्थ्यमन्त्री बस्नेत र रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गर्ने पर्यटनमन्त्री किराँतीले तत्काल राजीनामा दिन आवश्यक रहेको बताउनु भयो । उहाँले नेकपा एमालेले फागुन ६ गतेदेखिका बैठकमा सरकारको जवाफ माग गरेपनि सरकारले बेवास्ता गरिरहेको बताउनु भयो । प्रतिपक्षले माग उठाउँदा सरकारले माग सम्बोधन गर्ने हो भने वेल घेर्नुपर्ने ठाउँमा पुग्नु नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी गत ६ गतेदेखि संसदमँ बालकुमारी घटनाका दोषी भौतिकमन्त्री र बालकुमारी घटनामा गोली ठोक्न् आदेश दिने गृहमन्त्रीको बिरुद्धमा आवाज उठाइरहेका छौँ । अख्तियारको छानबिनमा रहेका स्वास्थ्यमन्त्री मन्त्री पदमा बस्न किमल्दैन । उहाँको राजीनामा मागिरहेका छौँ । रामग्राम लिजमा दिने पर्यटनमन्त्रीको राजीनामा मागिरहेका छौँ । हामीले संसदकमा हप्तौँ दिनदेअि कुरा उठाउँमा सरकार सुन्न तयार छैन । प्रधानमन्त्रीले जवाफ दिनुपर्ने ठाउँमा बाहिरि हिँडिरहनुभएको छ । प्रतिपक्षले माग उठाउँदा सरकारले माग सम्बोधन गर्ने हो भने वेल घेर्नुपर्ने ठाउँमा पुग्दैन । सरकारले बलिमिच्याईं गरेर अघि बढ्दा माग सम्बोधन हुन सकेका छैनन् । दोषी मन्त्रीहरुलाई तत्काल बर्खास्त गरोस् । म माग गर्न चाहन्छु । हामी देशका जल्दाबल्दा मुद्दा उठाएर आएका छौँ । मिटरब्याजी पीडित आन्दोलनमा छन् । उनीहरुको आवाज सुनिएको छैन ।’

उहाँले नागरिकका जल्दाबल्दा आवाज सरकारले नसुनेको बताउनु भयो ।