१८ भाद्र २०८३, बिहीबार
,
Latest
एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैङ्किङ कसूर तथा सजाय विधेयक दफावार छलफलका लागि समितिमा



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाले ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’लाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।

सभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १३ गते आइतबार बिहान ११ बजे बस्नेछ । रासस