१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुधको भुक्तानी दिन राप्रपा सांसद सिंहको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले किसानहरुलाई दुधको भुक्तानी दिन सरकारसँग आग्रह गर्नुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सिंहले किसानहरुले दुधको भुक्तानी नपाएर आन्दोलिन हुनुपरेको भन्दै दुधको भुक्तानी गर्न सरकारसँग माग गर्नुभएको हो ।

उहाँले सांसदहरुलाई निर्वाचन क्षेत्र विकासको लागि दिने भनिएको पाँच करोड रुपैयाँ किसानलाई राहत दिनुपर्ने बताउनु भयो । उहाँले सहकारीहरुले पार्टीका नेताहरुको छत्रछायाँमा जनताको अरबौँ रुपैयाँ खाएका पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सहकारीहरुले पार्टीको नेताहरुको छत्रछाँयाबाट अरबौँ रुपैयाँ जनताको पैसा खाएको छ । एकजनालाई पनि समातेर कारबाही गरेर असुली गरेको छैन । मैले प्रधानमन्त्री र गृहमन्त्रीलाई भनेको छु, जुन पाँच करोड रुपैयाँ हामीलाई दिइएको छ, पहिला किसानहरुलाई अनुदान र दुधको भुक्तानी गरिदिनुस् । हामी तपाईहरुसँग चाहियो भनेर माग्दैनौँ । त्यसैपनि अदालतले रोकेको छ । त्यो पैसा नेपालका किसानहरुलाई दुध व्यापारीहरुलाई राहत र सहयोग गरिदिनुस् ।’

उहाँले सहकारीहरुलाई कारबाही गर्न माग गर्नुभयो ।