३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुधको भुक्तानी दिन राप्रपा सांसद सिंहको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले किसानहरुलाई दुधको भुक्तानी दिन सरकारसँग आग्रह गर्नुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सिंहले किसानहरुले दुधको भुक्तानी नपाएर आन्दोलिन हुनुपरेको भन्दै दुधको भुक्तानी गर्न सरकारसँग माग गर्नुभएको हो ।

उहाँले सांसदहरुलाई निर्वाचन क्षेत्र विकासको लागि दिने भनिएको पाँच करोड रुपैयाँ किसानलाई राहत दिनुपर्ने बताउनु भयो । उहाँले सहकारीहरुले पार्टीका नेताहरुको छत्रछायाँमा जनताको अरबौँ रुपैयाँ खाएका पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सहकारीहरुले पार्टीको नेताहरुको छत्रछाँयाबाट अरबौँ रुपैयाँ जनताको पैसा खाएको छ । एकजनालाई पनि समातेर कारबाही गरेर असुली गरेको छैन । मैले प्रधानमन्त्री र गृहमन्त्रीलाई भनेको छु, जुन पाँच करोड रुपैयाँ हामीलाई दिइएको छ, पहिला किसानहरुलाई अनुदान र दुधको भुक्तानी गरिदिनुस् । हामी तपाईहरुसँग चाहियो भनेर माग्दैनौँ । त्यसैपनि अदालतले रोकेको छ । त्यो पैसा नेपालका किसानहरुलाई दुध व्यापारीहरुलाई राहत र सहयोग गरिदिनुस् ।’

उहाँले सहकारीहरुलाई कारबाही गर्न माग गर्नुभयो ।