२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र क्यानडाबीचको ओडिआई सिरिजको आज अन्तिम खेल



अ+ अ-

काठमाडौं । नेपाल र क्यानडा आज एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेल खेल्दै छन्।

काठमाडौंको त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे खेल सुरु हुने छ । यो नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल हो ।

एक खेल अघि नै नेपालले सिरिज भने जितिसकेको छ । पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ८ विकेटको जित निकालेको थियो।
आजको खेल जिते नेपालले सिरिज क्लिनस्विप गर्नेछ। नेपाललाई घरेलु दर्शकको पनि साथ रहनेछ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो एकदिवसीय सिरिज खेलेको हो। एकदिवसीय फर्म्याटका खेलमा यसअघि प्रतिस्पर्धा भए पनि नेपाल र क्याडनाले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेलिरहेको छ।