१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सरकारको कमजोरीले मुलुकलाई आन्तरिक ऋणमा भार पर्‍यो: अर्थविद्हरु

सरकारको कमजोरीले मुलुकलाई आन्तरिक ऋणमा भार पर्‍यो: अर्थविद्हरु
अ अ+ अ-

काठमाडौँ । सरकारको कमजोरीले मुलुकलाई आन्तरिक ऋणमा भार परेको अर्थविद्हरुले बताएका छन् ।

शुक्रवार नेपाल व्यवस्थापन संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थविद्हरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले आन्तरिक ऋण लिँदा मुलुक भित्रै बस्ने र विदेशी ऋण लिँदा सावाँ ब्याज डलरमा भुक्तानी गर्नुपर्ने अवस्थाले समस्या भइरहेको बताए ।

अर्थविद्हरुले सरकारले सहजताको लागि आन्तरिक ऋण लिने गरेको बताए । उनीहरुले सरकारले विदेशी लगानी मुलुकमा भित्र्याउन नसक्दा आन्तरिक ऋण लिएर ठूला आयोजनाहरुमा परिचालन गर्नुपरेको अवस्था रहेको बताए ।सरकारले वैदेशिक लगानी धेरै ल्याउनसके आन्तरिक ऋण कम हुने दाबी उनीहरुको छ । उनीहरुले अहिले अर्थमन्त्रीलाई राजश्वको दायरा नबढाउन, करका दर हेरफेर नगर्ने तर सांसदहरुले भनेका आयोजनाहरु समावेश गरेर बजेटको आकार ठूलो ल्याउन दबाब आउने भन्दै अर्थमन्त्रीले त्यो गर्न सम्भव नभएको बताए ।

अर्थविद् केशव आचार्यले सरकारको कतिपय कमजोरीको कारण नै आन्तरिक ऋणको दबाब रहेको बताउनु भयो । उहाँले विदेशी ऋण लिदा सरकारले बनाएका योजनाहरुको लेखापरीक्षणपछि सोधभर्ना बाफतको रकम फिर्ता आउने भएपनि लिन नसकेको बताउनु भयो । उहाँले अहिले पनि त्यस्तो ५० अर्ब रुपैयाँ बराबरको शोधभर्ना लिन बाँकी भएपनि सरकारले लिन नसकेको उल्लेख गर्नुभयो । उहाँले शोधभर्ना बापतको ५० अर्ब रुपैयाँ उठाउनसके आन्तरिक ऋण कम हुने बताउनु भयो । अर्थविद् आचार्यले सरकारले लिने विदेशी र आन्तरिक ऋणमा पनि अन्तरसम्बन्ध हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा ऋण लियो । तिर्ने भनेको आउने नेतृत्वले तिर्नुपर्‍यो । हामीले आउने पस्तालाई व्यभार थप्ने वा नथप्ने भन्ने छ । नेपालले वैदेशिक ऋण लिएर साँवा ब्याज चुक्ता गर्नुपर्‍यो भने विदेशी मुद्रामा चुक्ता गर्नुपर्छ । जो विदेशी ऋणी हो । उनीहरुलाई धनी बनाइरहेका हुन्छौं । आन्तरिक ऋण सरकारले लियो भने मुलुकको अर्थतन्त्रमा बस्छ । सरकारको कतिपय कमीकमजोरी गर्दा पनि आन्तरिक ऋणमा भार परेको छ । सोधभर्ना भन्ने हुन्छ । विदेशी सहयोग लिँदा मन्त्रालयहरुले विभिन्न योजना बनाउने त्यसमा ४ महिना भएपछि लेखापरीक्षण गरेर बुझाएपछि त्यो रकम फिर्ता दिन्छ । कर्मचारी चाँडै सरुवा हुने भर अरुले टेक्नोलोजी नजान्ने अवस्था छ । सरकारले सजिलो हुने भएका आन्तरिक ऋण लिने गरेका छौं । सरकारले ५० अर्ब रुपैयाँ भन्दा बढी सोधभर्ना रकम लिन बाँकी छ । त्यो रकम भएको भए आन्तरिक ऋणको भार कम हुने थियो । सरकारले लिने विदेशी र आन्तरिक ऋणमा पनि अन्तरसम्बन्ध हुन्छ ।’

कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले वैदेशिक लगानी ल्याउन नसक्दा आन्तरिक ऋण लिएर मुलुकको आवश्यकता पूरा गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले सरकारले ठूला परियोजनाहरुमा विदेशी लगानी ल्याउन नसक्दा सरकारले आन्तरिक ऋण लिएर ठूला आयोजनाहरुमा लगानी गर्दा आन्तरिक ऋण बढिरहेको बताउनु भयो । उहाँले विदेशी लगानी धेरै ल्याउनसके सरकारले आन्तरिक ऋण लिनुपर्ने अवस्था नआउने दाबी गर्नुभयो ।’

‘उहाँले लगानी सम्मेलनमार्फत धेरै विदेशी लगानी ल्याउने वातावरण बनाउन सरकार तत्काल लाग्नुपर्ने उल्लेख गर्नुभयो । विदेशी लगानी पनि नआउने र बैंकहरुको लगानी पनि राम्रो ठाउँमा नभएकाले उत्पादकत्व वृद्धि नभएको जिकिर डा.खतिवडाको थियो । उहाँले सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेर लगानी देखाउन आन्तरिक ऋण लिनुपरेको पनि बताउनु भयो । उहाँले बैंकको कारणले पनि स्रोतमा निजी क्षेत्रलाई असर परेको उल्लेख गर्नुभयो । उहाँले अहिले सरकारले आन्तरिक ऋणको १ खर्ब बढी ब्याज र आन्तरिक र वाह्य गरेर ३ खर्ब ३० अर्ब जति साँवा ब्याज तिर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले यो वर्ष सरकारको राजश्व ११ खर्ब भन्दा माथि उठाउन सक्ने अवस्था नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘वैदेशिक लगानी ल्याउन सक्दा आन्तरिक ऋण लिएर मुलुकको आवश्यकता पूरा गर्नुपर्ने अवस्था भएको हो । विशेषगरी ठूला विकास आयोजनाको लागि खर्च भएको हो । विदेशी लगानी धेरै ल्याउनसके सरकारले आन्तरिक ऋण लिनुपर्ने अवस्था आउँदैन । लगानी सम्मेलनमार्फत धेरै विदेशी लगानी ल्याउनु होला । तर त्यसको वातावरण सरकारले बनाउनुपर्छ । बैंक तथा वित्तीय संस्थाहरुको लगानी कहाँ भयो । विदेशी लगानी पनि नआउने र बैंकहरुको लगानी पनि राम्रो ठाउँमा नभएकाले उत्पादकत्व वृद्धि भएन ‘।

‘७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेपछि सरकारको लगानी देखाउन आन्तरिक ऋण दिनुपर्‍यो । बैंकको कारणले पनि स्रोतमा निजी क्षेत्रलाई असर परेको छ । अहिले सरकारले आन्तरिक ऋणको १ खर्ब बढी ब्याज तिर्ने गर्छ । आन्तरिक र वाह्य गरेर ३ खर्ब ३० अर्ब जति साँवा ब्याज तिछौं । यो वर्ष सरकारको राजश्व ११ खर्ब भन्दा माथि उठ्दैन । त्यसमा १ खर्ब तल्लो तहमा गइहाल्छ । सबै हिसाब गर्दा ३० प्रतिशत राजश्व डेट सर्भिसिङमा जाँदैछ । डेट सर्भिसिङमा दायित्व बोकि रहने हो भने सरकारलाई गाह्रो छ । अहिलेको बजेटमा अर्थमन्त्रीलाई चुनौती भनेको रावश्वमा करका दरहरु नबढाउ,धेरै मान्छेलाई करको दायरामा नल्याऔं,विदेशी र आन्तरिक ऋण लिऔं तर बजेटमा हामीले भनेका सबै अंकहरु राख र बजेट ठूलो बनाउऔं भन्ने हो जुन सम्भव छैन ।’

उहाँले राजश्व संकलनको ३० प्रतिशत राजश्व डेट सर्भिसिङमा जाने बताउनु भयो । उहाँले अहिलेको बजेटमा अर्थमन्त्रीलाई रावश्वमा करका दरहरु नबढाउन,धेरै मान्छेलाई करको दायरामा नल्याउन,विदेशी र आन्तरिक ऋण नलिन तर बजेटमा संसदहरुले भनेका सबै अंकहरु राखेर बजेट ठूलो बनाउन दबाब भएपनि त्यो सम्भव नभएको बताउनु भयो ।