• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

माओवादी स्थायी कमिटी बैठक बस्दै, विधान मस्यौदाबारे छलफल हुने



फाईल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी बैठक बस्दैछ ।

फागुन १ देखि ३ गतेसम्म हुने विधान सम्मेलनको तयारीबारे छलफल गर्न आज र भोलि बैठक बस्नेगरी बोलाइएको हो ।

यसअघि उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको समितिले विधान मस्यौदा तयार पारेर पार्टीलाई बुझाएको थियो । उक्त मस्यौदामा पार्टीका तल्ला कमिटीहरूबाट प्राप्त सुझावबारे आज छलफल हुने बताईएको छ । पार्टीले माघ २४ भित्र लिखित सुझाव पठाउन सर्कुलर जारी गरेको थियो ।

बुधबार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको तयारीका विषयमा पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको थियो ।