११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् एजेण्डा ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास दिउँसो २ बजे बूढानिलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक बस्‍ने भएको हो । 

संसद्‌ पुनर्स्थापनापछि फागुन २३ गते बोलाइएको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्‍नेबारे छलफलमा पूर्वपदाधिकारीहरु पनि सहभागी हुने भएका छन् ।

संसदीय दलको बैठकका एजेण्डा र केन्द्रीय समिति बैठका एजेण्डाबारे छलफल हुने कांग्रेसले जनाइएको छ । कांग्रेसको केन्द्रीय समिति बैठक फागुन २२ गते बस्‍ने भएको हो । अब संसद् र आगामी सरकार निर्माणमा कांग्रेस निर्णायक हुने भएकोले कसरी अघि बढ्ने भन्‍ने विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा गत पुस ५ गते संसद विघटन घोषणा गरेकी थिइन् । सरकारको उक्त निर्णय बदर गर्दै सर्वोच्च अदालतले फागुन ११ गते १३ दिनभित्र संसद बैठक आह्वान गर्न आदेश जारी गरेको थियो ।

उक्त आदेश अनुसार प्रधानमन्त्रीको सिफारसमा राष्ट्रपति भण्डारीले फागुन २३ गते अपराह्न ४ बजे संसद बैठक आह्वान गरेकी छन् ।