३ आश्विन २०८१, बिहीबार
,
Latest
गुलशनको विश्व कीर्तिमान, क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पारे संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना अल हरमिनका परफ्युम नेपालमा प्रश्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई सरकारबाट हटाउन गरिएका सबै षडयन्त्र निरर्थक हुन्छन् : अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं ।  अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार अझै दुई वर्ष टिक्ने दाबी गरेका छन्। बिहीबार बुटवलमा पत्रकारसंग कुरा गर्दै उनले ओलीलाई सरकारबाट हटाउन गरिएका सबै षडयन्त्र र कोशिश निरर्थक, व्यर्थ र असफल हुने बताएका हुन् । 

‘नेकपाको संसदीय दलमा मात्रै होइन, प्रधानमन्त्री ओलीका पक्षमा प्रतिनिधिसभामा पनि बहुमत छ, प्रतिनिधिसभाको बाँकी २ वर्षको कार्यकाल ओलीकै नेतृत्वमा अगाडि बढ्छ र उहाँलाई हटाउने कोशिश निरर्थक, व्यर्थ र असफल हुन्छन्,’ पौडेलले भने।

पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना भएपनि निर्वाचन पछि पुनः ओली नेतृत्वको नेकपा नै मुलुक सम्हाल्ने प्रमुख शक्तिको रूपमा स्थापित हुने उनले जिकिर गरे। 

‘अहिले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि ढिलोमा दुई वर्षभित्र निर्वाचन हुन्छ, त्यो बेला यो पार्टीलाई मुलुक सम्हाल्ने प्रमुख शक्तिका रूपमा जनताले स्थापित गर्नेमा हामी विश्वस्त छौं,’ पौडेलले भने।  

मुलुकको सबैभन्दा शक्तिशाली र बलियो रहेको तत्कालीन एमालेको १५ वर्ष नेतृत्व गर्दा माधव नेपालले तेस्रो स्थानमा पुर्‍याएकाले अहिले पनि उनलाई नेकपा शक्तिशाली बनेको चित्त नबुझेर नेकपालाई फुटाउने विभाजनकारी भूमिका खेलेको पौडेलको आरोपछ।

‘माधव नेपालले १५ वर्षे आफ्नो नेतृत्वमा देशको प्रमुख पार्टीलाई तेस्रोमा धकेलिदिनुभयो, ओलीले तेस्रो भएको पार्टीलाई पहिलोमा स्थापित गरेको उहाँलाई पचेन त्यसैले पहिलो पार्टीलाई दोस्रो, तेस्रो, चौथो र पाँचौंसम्म पुर्‍याइदिन्छु भनेर विभाजनको धन्दामा लाग्नुभएको छ,’ उनले भने।