११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई सरकारबाट हटाउन गरिएका सबै षडयन्त्र निरर्थक हुन्छन् : अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं ।  अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार अझै दुई वर्ष टिक्ने दाबी गरेका छन्। बिहीबार बुटवलमा पत्रकारसंग कुरा गर्दै उनले ओलीलाई सरकारबाट हटाउन गरिएका सबै षडयन्त्र र कोशिश निरर्थक, व्यर्थ र असफल हुने बताएका हुन् । 

‘नेकपाको संसदीय दलमा मात्रै होइन, प्रधानमन्त्री ओलीका पक्षमा प्रतिनिधिसभामा पनि बहुमत छ, प्रतिनिधिसभाको बाँकी २ वर्षको कार्यकाल ओलीकै नेतृत्वमा अगाडि बढ्छ र उहाँलाई हटाउने कोशिश निरर्थक, व्यर्थ र असफल हुन्छन्,’ पौडेलले भने।

पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना भएपनि निर्वाचन पछि पुनः ओली नेतृत्वको नेकपा नै मुलुक सम्हाल्ने प्रमुख शक्तिको रूपमा स्थापित हुने उनले जिकिर गरे। 

‘अहिले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि ढिलोमा दुई वर्षभित्र निर्वाचन हुन्छ, त्यो बेला यो पार्टीलाई मुलुक सम्हाल्ने प्रमुख शक्तिका रूपमा जनताले स्थापित गर्नेमा हामी विश्वस्त छौं,’ पौडेलले भने।  

मुलुकको सबैभन्दा शक्तिशाली र बलियो रहेको तत्कालीन एमालेको १५ वर्ष नेतृत्व गर्दा माधव नेपालले तेस्रो स्थानमा पुर्‍याएकाले अहिले पनि उनलाई नेकपा शक्तिशाली बनेको चित्त नबुझेर नेकपालाई फुटाउने विभाजनकारी भूमिका खेलेको पौडेलको आरोपछ।

‘माधव नेपालले १५ वर्षे आफ्नो नेतृत्वमा देशको प्रमुख पार्टीलाई तेस्रोमा धकेलिदिनुभयो, ओलीले तेस्रो भएको पार्टीलाई पहिलोमा स्थापित गरेको उहाँलाई पचेन त्यसैले पहिलो पार्टीलाई दोस्रो, तेस्रो, चौथो र पाँचौंसम्म पुर्‍याइदिन्छु भनेर विभाजनको धन्दामा लाग्नुभएको छ,’ उनले भने।