• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

चिनियाँ प्रधानमन्त्रीको रात्रिभोजमा नेपाली प्राध्यापक झा सहभागी



काठमाडौँ । चिनियाँ  प्रधानमन्त्री ली छ्याङले विदेशी विज्ञहरूका लागि आयोजना गरेको चिनियाँ नयाँ वर्ष सम्बन्धी गोष्ठीमा चीनको सियान मेडिकल विश्वविद्यालयका प्राध्यापक प्रा.डा राजिवकुमार झा पनि सहभागी हुनु भएको छ ।

फेब्रुअरी ४ को दिउँसो चन्द्रमा नयाँ वर्ष नजिकिँदै गर्दा प्रधानमन्त्री ली छ्याङले बेइजिङको ग्रेट हल अफ द पिपुलमा २०२३ को चिनियाँ सरकार मित्रता पुरस्कार जितेका र चीनमा रहेर प्राज्ञिक काम गरिरहेका विदेशी विशेषज्ञहरूका प्रतिनिधिहरूसँग सौहार्दपूर्ण भेटघाट गर्नुभएको थियो । उनीहरुसँग प्रधानमन्त्रीले छलफल पनि गर्नुभएको थियो । राज्य परिषद्का उपप्रधानमन्त्री डिङ सुएङले भाग लिनुभएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

यो भेटघाट र छलफलले चीनमा काम गरिरहेका विदेशी विशेषज्ञहरूलाई पार्टी र देशले जोडेको महत्व र चासोलाई झल्काउँछ । सो भेटघाटमा चीनको सियानमा रहेका नेपाली प्राध्यापक डा राजिव झा पनि आमन्त्रित हुनु भएको थियो । भेटपछि प्राध्यापक झाले विदेशी विज्ञहरूको नयाँ वर्षको गोष्ठीमा सहभागी हुन पाउँदा आफूलाई विशेष सम्मानित भएको र खुसी लागेको बताउनु भयो । उहाले सो रात्रिभोजसहितको कार्यक्रममा प्रधानमन्त्री ली छ्याङको महत्वपूर्ण भाषण सुनेपछि आफू निकै उत्साहित भएको पनि बताउनु भयो ।

प्रधानमन्त्रीको सम्बोधनले चिनियाँ सरकारले विदेशी विज्ञ र अन्य प्रकारका प्रतिभाहरूलाई दिएको ठूलो महत्व झल्काउने प्राडा झाको भनाई छ । चीनमा विभिन्न क्षेत्रका विदेशी विज्ञहरू रहेका र उनीहरु सबैले खुसियाली व्यक्त गरेको उनले बताए । वैज्ञानिक अनुसन्धान र प्रतिभामा चिनियाँ सरकारको जोडको साथै चीनको दृढ संकल्प थप खुला हुने विश्वास यो कार्यक्रमपछि उहाँले व्यक्त गर्नुभयो ।

प्राडा झाले भन्नुभएको छ, मसँग मेरो काँधमा रहेको जिम्मेवारी र मिसनहरूको गहिरो अनुभूति छ र भविष्यमा वैज्ञानिक अनुसन्धानको क्षेत्रमा आउने कठिनाइहरू पार गर्न थप लगनशील र समर्पित हुनेछु । चीन र नेपालबीचको मैत्रीपूणर् आदानप्रदानमा म सेवा गर्नेछु । सदियौँदेखि रही आएको दुई देशका बीचको राम्रो सम्बन्धलाई थप सुदृढ बनाई मित्रताको पुल निर्माण गर्न आफूले आगामी दिनमा काम गर्नेछु ।

सियान विश्वविद्यालयका प्राध्यापक डा झा हाल सियान मेडिकल कलेजको चाइना-नेपाल फ्रेन्डसिप मेडिकल ल्याबोरेटरीका निर्देशक छन् । प्रोफेसर झा गएको साढे दुई दशकभन्दा लामो समयदेखि चीनको सियानमा रहेर चिकित्सा र प्राध्यापन सेवा गर्नुका साथै नेपाल चीन सम्बन्धमा महत्वपूर्ण योगदान दिनु भएको छ । उनलाई सियान नगरपालिका सरकारले नेपाल-सियान नागरिक राजदूतको सम्मान पनि प्रदान गरेको थियो । उनले क्रमश: सियान फ्रेन्डसिप अवार्ड, साङ्सी फ्रेन्डसिप अवार्ड, नेशनल आउटस्ट्यान्डिङ युथ अवार्ड जस्ता सम्मानहरू प्राप्त गरेका छन् ।