४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

चिनियाँ प्रधानमन्त्रीको रात्रिभोजमा नेपाली प्राध्यापक झा सहभागी

चिनियाँ प्रधानमन्त्रीको रात्रिभोजमा नेपाली प्राध्यापक झा सहभागी
अ+ अ-

काठमाडौँ । चिनियाँ  प्रधानमन्त्री ली छ्याङले विदेशी विज्ञहरूका लागि आयोजना गरेको चिनियाँ नयाँ वर्ष सम्बन्धी गोष्ठीमा चीनको सियान मेडिकल विश्वविद्यालयका प्राध्यापक प्रा.डा राजिवकुमार झा पनि सहभागी हुनु भएको छ ।

फेब्रुअरी ४ को दिउँसो चन्द्रमा नयाँ वर्ष नजिकिँदै गर्दा प्रधानमन्त्री ली छ्याङले बेइजिङको ग्रेट हल अफ द पिपुलमा २०२३ को चिनियाँ सरकार मित्रता पुरस्कार जितेका र चीनमा रहेर प्राज्ञिक काम गरिरहेका विदेशी विशेषज्ञहरूका प्रतिनिधिहरूसँग सौहार्दपूर्ण भेटघाट गर्नुभएको थियो । उनीहरुसँग प्रधानमन्त्रीले छलफल पनि गर्नुभएको थियो । राज्य परिषद्का उपप्रधानमन्त्री डिङ सुएङले भाग लिनुभएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

यो भेटघाट र छलफलले चीनमा काम गरिरहेका विदेशी विशेषज्ञहरूलाई पार्टी र देशले जोडेको महत्व र चासोलाई झल्काउँछ । सो भेटघाटमा चीनको सियानमा रहेका नेपाली प्राध्यापक डा राजिव झा पनि आमन्त्रित हुनु भएको थियो । भेटपछि प्राध्यापक झाले विदेशी विज्ञहरूको नयाँ वर्षको गोष्ठीमा सहभागी हुन पाउँदा आफूलाई विशेष सम्मानित भएको र खुसी लागेको बताउनु भयो । उहाले सो रात्रिभोजसहितको कार्यक्रममा प्रधानमन्त्री ली छ्याङको महत्वपूर्ण भाषण सुनेपछि आफू निकै उत्साहित भएको पनि बताउनु भयो ।

प्रधानमन्त्रीको सम्बोधनले चिनियाँ सरकारले विदेशी विज्ञ र अन्य प्रकारका प्रतिभाहरूलाई दिएको ठूलो महत्व झल्काउने प्राडा झाको भनाई छ । चीनमा विभिन्न क्षेत्रका विदेशी विज्ञहरू रहेका र उनीहरु सबैले खुसियाली व्यक्त गरेको उनले बताए । वैज्ञानिक अनुसन्धान र प्रतिभामा चिनियाँ सरकारको जोडको साथै चीनको दृढ संकल्प थप खुला हुने विश्वास यो कार्यक्रमपछि उहाँले व्यक्त गर्नुभयो ।

प्राडा झाले भन्नुभएको छ, मसँग मेरो काँधमा रहेको जिम्मेवारी र मिसनहरूको गहिरो अनुभूति छ र भविष्यमा वैज्ञानिक अनुसन्धानको क्षेत्रमा आउने कठिनाइहरू पार गर्न थप लगनशील र समर्पित हुनेछु । चीन र नेपालबीचको मैत्रीपूणर् आदानप्रदानमा म सेवा गर्नेछु । सदियौँदेखि रही आएको दुई देशका बीचको राम्रो सम्बन्धलाई थप सुदृढ बनाई मित्रताको पुल निर्माण गर्न आफूले आगामी दिनमा काम गर्नेछु ।

सियान विश्वविद्यालयका प्राध्यापक डा झा हाल सियान मेडिकल कलेजको चाइना-नेपाल फ्रेन्डसिप मेडिकल ल्याबोरेटरीका निर्देशक छन् । प्रोफेसर झा गएको साढे दुई दशकभन्दा लामो समयदेखि चीनको सियानमा रहेर चिकित्सा र प्राध्यापन सेवा गर्नुका साथै नेपाल चीन सम्बन्धमा महत्वपूर्ण योगदान दिनु भएको छ । उनलाई सियान नगरपालिका सरकारले नेपाल-सियान नागरिक राजदूतको सम्मान पनि प्रदान गरेको थियो । उनले क्रमश: सियान फ्रेन्डसिप अवार्ड, साङ्सी फ्रेन्डसिप अवार्ड, नेशनल आउटस्ट्यान्डिङ युथ अवार्ड जस्ता सम्मानहरू प्राप्त गरेका छन् ।