१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

पूर्व माओवादी नेता किरातीको आरोप -माओवादीको नेतृत्व तह सबै खाओवादी, प्रचण्ड ढेडु खाओवादी बने

पूर्व माओवादी नेता किरातीको आरोप -माओवादीको नेतृत्व तह सबै खाओवादी, प्रचण्ड ढेडु खाओवादी बने
अ अ+ अ-

काठमाडौं । पूर्व माओवादी नेता एवं मन्त्री गोपाल किरातीको संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन समिति’ गठन भएको छ ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत गत माघ २० गते ललितपुरस्थित् किरात याक्थुङ चुम्लुङको भवनमा बसेको बैठकले कोशी प्रदेश नामाङ्कन खारेजी र पहिचानसहितको समाजवादका लागि समिति गठन भएको जानकारी गराइएको हो । उक्त समितिको संयोजक किराती रहेका छन् भने सदस्य सचिवमा कृष्ण चोङ्बाङ छन् ।

‘तेस्रो जनआन्दोलन समिति’ का सदस्यहरुमा विश्वेन्द्र पासवान, बुद्वराज लामा, बलदीप राई, रामनारायण पाल, चन्द्र श्रीशमगर, राम मगर, तिलक मगर, आशा तामाङ, रामभक्त कुरुम्बाङ, खगेन्द्र माखिम, एविराज आङ्देम्बे, दलमर्दन कामी, आरएन राई, सोविन थिङ, रेखराज राई, चेतन तुम्बाहाङ, डा. मित्र परियार र लोकेन्द्रराज थापा रहेका छन् ।

ब्राम्हणवादी सत्ताको अन्त्यका लागि तेस्रो जनआन्दोलन तयारीमा केन्द्रित रहँदै दलाल पुँजीवाद र भ्रष्टाचारी शासनलाई ध्वस्त पारेर पहिचान सुनिश्चित्ताको समाजवादी व्यवस्था स्थापना गर्ने समितिको राजनीतिक लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, संविधानमा व्यवस्था भएको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीकरण, मौलिक हक, स्वतन्त्र परराष्ट्रनीति र भ्रष्टाचार अन्त्य, सुशासनका बाधक प्रमख तीन दल रहेको समितिको ठहर छ । माओवादी, नेपाली कांग्रेस, नेकपा (एमाले) सहितका आलोपालो दल र शासकहरु नै प्रतिक्रान्तिको कारक तत्व भएको समितिले उल्लेख गरेको छ ।

समितिले तीन ठूला दललाई जनआन्दोलन र मधेश आन्दोलनका उपलब्धी रक्षाका लागि सार्वजानिक आत्मालोचनासहित रुपान्तरणका लागि आग्रह गरेको छ । अन्यथा दलित, श्रमिक तथा विस्थापितवर्ग, लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरुको तेस्रो जनआन्दोलनको ज्वारभाटाले ध्वस्त पारिदिने उनीहरुको चेतावनी छ ।

साथै, कोशीलगायत बागमती, गण्डकी, कर्णालीजस्ता प्रदेशका नामहरु खारेज गरी पहिचानको आधारमा नामाङ्कन गरिनुपर्ने उनीहरुको माग छ ।
समितिका संयोजक गोपाल किरातीले ब्राम्हणवादी सत्ताको अन्त्य र पहिचानसहित समाजवादका लागि तेस्रो जनआन्दोलनको आवश्यकत्ता परेको बताए । उनले ब्राम्हण जनता र ब्राम्हणवादी सत्ता फरक भएको दाबी गरे । कांग्रेस, माओवादी र एमालेको रवैया प्रतिक्राति र ब्राम्हणवादी भएको उनको आरोप छ । आफूहरले तीन ठूला दललाई एकपटक सच्चिनुस् भनेर भनिरहेको उनले बताए । आफूहरुले देशव्यापी रुपमा आन्दोलन चर्काउन चाहेको उनको भनाइ छ । उनले अब प्रतिक्रान्तिको भण्डाफोर गर्ने चेतावनीसमेत दिए ।

‘देशभरि पहिचान र संमाजवादको आवश्यकताको संषर्घ चलिरहेको छ । देशब्यापी शक्ति जुटेर यो काम अगाडि बढाउन र प्रतिक्रान्तिको जुन तयारी भइराखेको छ, त्यसविरुद्ध भण्डाफोर गर्न । भौतिक रुपमै गइहाल्ने हाम्रो तयारी चाहीँ भएको छैन,’– किरातीले भने ।

२०७४ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचानको मुद्दा त्यागेर अन्यत्र गएपछि आफूहरु छुट्टिएको उनको भनाइ छ । माओवादीका कार्यकर्ता, घाईते, सहिद परिवारको तहमा माओवादी विचार, भावना र संस्कार जिवितै रहेको उनको भनाइ छ । तर, नेतृत्वको तहमा सबै खाओवादी भएको र प्रचण्ड ढेडू खाओवादी बनेको उनको टिप्पणी छ ।

त्यसैगरी समितिका सदस्य सचिव कृष्ण चोङ्बाङले २०६२/०६३ सालको आन्दोलन र जनताले लेखेको संविधान लागू भइसकेपछि पनि विभेदहरु कायमै रहनु कल्पनाभन्दा बाहिरको कुरा भएको बताए । उनले विभेद र असमानता राज्य संयन्त्रबाटै लादिएको बताए । त्यसको विरुद्धमा जनताहरु आन्दोलित भइरहेको र राजनीतिक नेतृत्वले पनि सोच्ने बेला आएको उनको भनाइ छ । ‘हामीले गर्वका साथ राम्रो संविधान लेख्यौं भनेर भन्यो । संविधान लागू हुँदा पनि विभेदहरु कायमै रहनु विडम्बना हो । तपाईँ हामीले कल्पना गरेको व्यवस्था आउन बाँकी नै छ,’– उनले भने ।