२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै

सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै
अ अ+ अ-

कर्णाली । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले ६५ वर्ष उमेर समूह पुगेका झण्डै २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । जिल्लाका ६०  केन्द्रमार्फत पहिलो चरणमा छुटेकादेखि सो उमेर समूहका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि २८ गतेसम्म खोप लगाउने तयारी गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार पहिलो चरणमा फागुन २३ देखि २५ गतेसम्म वीरेन्द्रनगर नगरपालिका, लेकबेँसी नगरपालिका, बराहताल गाउँपालिका र चिङ्गाड गाउँपालिकामा तथा दोस्रो चरणमा फागुन २६ देखि २८ गतेसम्म चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । कार्यालय प्रमुख चेतननिधि वाग्लेले खोप अभियानका लागि २५६ भन्दा बढी स्वास्थ्यकर्मी, ६०० स्वयंसेवक र चिकित्सकसहितको चार टोली परिचालन हुने बताउनुभयो ।

त्यस्तै पहिलो चरणमा गत माघ १४ गतेदेखि हालसम्म सुर्खेतमा सात हजार ४७५ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पहिलो चरणमा पहिलो मात्रा खोप लगाएकालाई वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा खोप लगाउने व्यवस्था मिलाइएको छ । सुर्खेत जिल्लामा कोरोनाका कारण हालसम्म २२ जनाको मृत्यु भएको छ । तीन जना नेपालगञ्ज तथा काठमाडौँका अस्पतालमा मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

झापामा ५८ हजार ज्येष्ठ नागरिकलाई कोभिडशिल्ड खोप 

बनियानी– कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा झापाका ५८ हजार ५१३ ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको छ । जिल्लाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि कोरोना भाइरसविरुद्धको खोप ‘कोभिडशिल्ड’ लगाइने स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो । जिल्लाका १५ स्थानीय तहमा दुई चरणमा खोप दिन लागिएको हो ।

फागुन २३ देखि २७ गतेसम्म पहिलो चरणमा माईपूर्वका आठ स्थानीय तह भद्रपुर, मेचीनगर, अर्जुनधारा, विर्तामोड, कचनकवल, हल्दिबारी, बाह्रदशी र बुद्धशान्तिका ३४ हजार ४५६ जनालाई खोप दिइने प्रमुख पौडेलले बताउनुभयो ।

त्यस्तै चैत १ देखि ५ गतेसम्म दोस्रो चरणमा माईपश्चिमका सात स्थानीय तह कनकाई, शिवसताक्षी, दमक, गौरादह, झापा, कमल र गौरीगञ्जका २४ हजार ५७ ज्येष्ठ नागरिकलाई खोप दिइने छ । “शुरुमा जिल्लाका ५५ वर्षमाथिका एक लाख १४ हजार जनालाई खोप दिने लक्ष्य राखेका थियौँ”, उहाँले भन्नुभयो, “सरकारले खरिद गर्न लागेको ४० लाख डोज खोपमध्ये २० लाख मात्र आएकाले उच्च जोखिममा रहेको उमेर समूहलाई लक्षित गरेर खोप दिन लागिएका हो ।”

खोप लगाउन जिल्लाभर ६० खोप केन्द्र र ३५० स्वास्थ्यकर्मीको टोली परिचालन गरिने भएको छ भने खोप अभियान पूरा गर्न १५० दिन लाग्ने कार्यालयले जनाएको छ । प्रत्येक पालिकामा एक एमबीबीएस चिकित्सकसमेत परिचालन गरिने जनाइएको छ ।

स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चौलागाईँले खोप लगाएपछि कुनै ‘साइडिफेक्ट’ देखिए सोका लागि जिल्लाका चार अस्पताललाई रेफरल सेन्टरका रूपमा तयारी अवस्थामा राखिएको बताउनुभयो । मेची प्रादेशिक अस्पताल भद्रपुर, मनमोहन हस्पिटल बिर्तामोड, आम्दा अस्पताल दमक र दमक अस्पताललाई रेफरल सेन्टर बनाइएको छ । खोपको असर काट्ने औषधिसमेत स्वास्थ्यकर्मीसँग तयारी अवस्थामा रहने उहाँले बताउनुभयो ।

जिल्लामा पहिलो चरणमा (अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, जनप्रतिनिधि, कर्मचारीलगायतलाई) नौ हजार १६७ लाई कोरोनारिुद्धको खोप लगाइएको थियो । तीमध्ये तीन हजार ७९ महिला र छ हजार ८८ पुरुष थिए । सो बेला कसैकसैलाई सामान्य ज्वरो आउने, खोप लगाएको हात सामान्य दुख्नेबाहेक कुनै पनि असर नदेखिएको कार्यक्रम संयोजक चौलागाईँले बताउनुभयो ।