१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

प्रधानमन्त्रीका दिनदिनैका निर्देशन: कति हुन्छ पालना ?

प्रधानमन्त्रीका दिनदिनैका निर्देशन: कति हुन्छ पालना ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही गएको बुधबार विभिन्न मन्त्री र मुख्यसचिवलाई बालुवाटारमा बोलाए र त्यस क्षण मात्र कम्तीमा पनि तीन वटा निर्देशन दिए ।

ती निर्देशन थिए– प्रहरीको समायोजन, सहकारीसम्बन्धी समस्याहरुको तत्कालै समाधान र भिजिट भिसामा विदेश जान लागेका नेपाली नागरिकहरुका गुनासोहरुको सम्बोधन । उनले ती काम तत्कालै समाधान गर्नु भन्दै निर्देशन दिएका थिए । तर प्रहरीको भने समय तोकेरै भनेका थिए । १५ दिनभित्र प्रहरी समायोजनको काम सक्नु भनेर दिनै तोकेर भनेका थिए । तर ती समस्याको समाधान तत्कालै हुने अवस्था देखिन्न । अरु भन्दा पनि सहकारी समस्याको तत्कालै समाधान भनेको के हो र यो कसरी तत्कालै समाधान हुन्छ भन्ने कुरा बडो अस्पष्ट छ । यसमा कैयौँ कानुन र कारणहरु जेलिएका छन् ।

सहकारी अभियानका व्यक्तिहरु नै यो समस्या समाधानका लागि कम्तीमा पनि ५ वर्ष लाग्छ भन्छन् । उता नेपाल राष्ट्रबैंकको निर्देशन र बैंकिङ नियमनका कुरा छँदैछन् । समस्या जेलिएको छ, समाधान गरिहाल्नुपर्ने छ । तर पनि मुख्यसचिव र मन्त्रीले चाहँदैन प्रधानमन्त्रीको भाषामा तत्कालै समाधान गर्न सकिने अवस्था भने छैन । सहकारीका समस्या समाधान गर्न समस्याग्रस्त सहकारीलाई बचत तथा कर्जा सुरक्षण कोषमार्फत रकम दिनुपर्छ । जुन गठनको प्रक्रिया नै अर्थ मन्त्रालयले रोकेर राखेको छ । यो अहिले गर्न सकिने अवस्था नै नरहेको अर्थ मन्त्रालयको दाबी छ ।

बजेट अभाव अहिलेको समस्या रहेको अर्थको प्रष्टिकरण नै हो । अर्काे निर्देशनको कुरा गरौँ प्रहरी समायोजनको । प्रहरी समायोजनको कामका लागि त सबैभन्दा पहिला कानुन नै चाहिन्छ । त्यसका लागि आवश्यक पर्ने संघीय प्रहरी ऐन बनाउनुपर्ने छँदैछ । यति मात्र होइन समायोजन ऐनमा प्रहरीले देखाएको असन्तुष्टिको सम्बोधनको अर्काे पाटो छ । र त्यसको पनि समाधान खोजेरै प्रहरी समायोजन गर्नुपर्ने हुन्छ । त्यसो त यो काम कसरी गर्ने भन्नेमा न पहिलेका प्रधानमन्त्री स्पष्ट भए र नत अहिलेका प्रचण्ड नै स्पष्ट छन् । जसले गर्दा प्रहरी समायोजनको काम तत्कालै अघि बढ्न सक्ने आधार नै देखिन्न । फेरि उहाँको भाषामा तत्कालै गर्नु भनेजस्तै अप्ठ्यारा फुकाउने स्पष्ट कार्ययोजना पनि उहाँसँग छैन ।

भिजिट भिसामा जानेको समस्या मात्रै होइन, श्रम मन्त्रालयलाई प्रधानमन्त्रीले आन्तरिक रोजगारी सिर्जनादेखि वैदेशिक रोजगारीमा जानेका समस्या समाधानसम्मका निर्देशन प्रधानमन्त्रीको छ । तर समस्या निजी कम्पनीसँग सम्झौता गरेर श्रमिकलाई आर्थिक भार पार्ने, विमानस्थलकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा पठाउने जस्ता कैयौँ समस्या छन् । प्रधानमन्त्री रोजगार जस्ता कार्यक्रमकै पनि समयमा सञ्चालन नगर्ने र भुक्तानी लिने दिने जस्ता समस्या देखिएका छन् । यी समस्या समाधान गर्न त त्यस्ता कार्यक्रम नै बन्द गरिदिनुपर्छ । अन्यथा समाधान छैन ।

प्रधानमन्त्री प्रचण्डले यो सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा गत पुस १० मा अबका वर्षहरुमा कार्यशैली बदल्ने बताएका थिए । त्यतिमात्र नभएर उनले परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता पनि जनाएका थिए । तर पनि उनी भाषण गर्दै हिँड्ने भोलुम भने पहिलेको तुलनामा घटेको छैन । उनी भाषण गर्न भने अघिल्लो वर्षकै रफ्तारमा दौडिएका छन् । त्यसपछिका दिनमा उनले विभागीय मन्त्री तथा सचिवलाई मात्र होइन, आयोजनाका प्रमुखहरूसँग समेत निरन्तर छलफल गरी निर्देशन दिइरहेका छन् । उनीहरुलाई कहिले बालुवाटार त कहिले सिंहदरबार बोलाएर दिएका निर्देशनको चाङ नै भइसकेको छ ।

तर दैनिक जस्तो निर्देशन दिइरहँदा कार्यान्वयनमा देखिने जटिलता हटाउन भने ध्यान दिएको देखिँदैन । राज्यको संयन्त्र अल्छी र कामचलाउन प्रवृत्तिको छ । यो संयन्त्र बलियो बनाउन नसक्दा नियमित कामसमेत नभइरहेको अवस्था छ । प्रधानमन्त्रीले निर्देशन दिइरहन्छन् र बालुवाटारले नै त्यो समाचार जस्ताको त्यस्तै बाहिर ल्याइदिन्छ । तर काम भए नभएको बारेमा अर्काे फलो अप हुन्छ या हुँदैन थाहा छैन

। यी एकदिनका तीन वटा निर्देशन मात्र हुन् यहाँ उदाहरणका लागि प्रस्तुत गरिएको । प्रधानमन्त्रीका निर्देशनहरु दिनदिनै आइनै रहेका हुन्छन् र हामी समाचार सम्प्रेषण गरिनै रहेका हुन्छौँ । तर पालना कति होलान् ? या कार्यान्वयनमा कति जालान् ? यो चासोकै विषय हो ।