२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस नेता बुढाथोकीको निधन



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सोमवार राती निधन भएको छ ।

नेता बुढाथोकीको विराटनगरमा उपचारकै क्रममा ८० वर्षको उमेरमा सोमवार राति ११:३० बजे निधन भएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिनुभयो ।

लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित नेता बुढाथोकीको पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहनु भएको थियो ।

दुई छोरा एक छोरी रहनुभएका बुढाथोकीको पार्थिक शरीरलाई आजै जिल्ला पार्टी कार्यालय झापामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने नेपाली काँग्रेस झापाले जानकारी गराएको छ ।