२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

हामीले प्रधानमन्त्री कसैलाई बनिदिन प्रस्ताव गरेका छैनौंः प्रधानमन्त्री ओली

हामीले प्रधानमन्त्री कसैलाई बनिदिन प्रस्ताव गरेका छैनौंः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विवाद रहे पनि आफूहरुले कुनै पनि दल वा नेतालाई प्रधानमन्त्री बनिदिन प्रस्ताव नगरेको स्पष्ट गर्नु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (बिप्लब) सँग तीन बुँदे सम्झौतामा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफ्नो दुई तिहाईको सरकारलाई ढालेर अरु कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर किस्तीमा राखेर हिँडेका छन् ।”

प्रधानमन्त्री पदका बारेमा भ्रम छर्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले “हामीले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्नेवाला पनि छैनौं, कसैलाई प्रधानमन्त्री पद प्रस्ताव पनि राख्दैनौं” भन्नुभयो ।

प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बसेको प्रति कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “आज संसदीय दलको बैठक भन्दैछन् रे । दलको नेता म यहाँ छु, कुन दलको बैठक हो कुन्नि मलाई थाहा छैन ।”