१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ आज बितरण हुदै, को को हुदै छन् पुरस्कृत ?

नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ आज बितरण हुदै, को को हुदै छन् पुरस्कृत ?
अ अ+ अ-

काठमाडौं । वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्शी नातीकाजीको स्मृतिमा प्रदान गरिने ‘नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ आज बितरण हुदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले पुरानो तथा नयाँ पुस्ता सम्मका विभिन्न स्रष्टा, सङ्गीतकर्मीहरुलाई आज सो पुरस्कार बितरण गर्नुहुने कार्यक्रम रहेको छ ।

नातीकाजीको ९९ औँ जन्मजयन्तीको अवसर पारेर गत पुस ३ गते पुरस्कारको घोषणा गरिएको थियो । नातीकाजीको जन्मजयन्तीको अवसर पारेर यो वर्षदेखि प्रत्येक वर्ष नातीकाजी स्मृति समाजले पशुपतिनाथमा उहाँले सङ्गीत दिनुभएका भजन प्रस्तुत गर्ने कार्यक्रमको पनि घोषणा गरेको थियो । जस अनुसार पुस ३ गते एक भव्य कार्यक्रम पनि गरेको थियो ।

समाजका अध्यक्ष तथा वरिष्ठ सङ्गीतकार शम्भुजीत बासकोटाको आह्वान र संयोजनमा सम्पन्न उक्त कार्यक्रमले नेपाली गीत–सङ्गीतका शिखर व्यक्तित्व नातीकाजीका योगदानलाई नेपाली पछिल्लो पुस्तासम्म ल्याउन र उहाँको प्रतिभा र योगदानको समेत सम्मान गर्न सो सम्मान कार्यक्रम गरिएको जानकारी दिनुभएको थियो ।

समाजका अध्यक्ष बासकोटाका अनुसार नातीकाजीका संगितका बारेमा व्यापक अनुसन्धान गरी ती कालजयी संगीतहरुको संरक्षण गर्नुपर्ने अबस्था छ । बाँस्कोटा भन्नुहुन्छ “नातीकाजी नेपाली आधुनिक गीतका एक कुशल संगीतज्ञ साधक हुनुहुन्थ्यो । संगीतमा गुणस्तरियताका लागि साँच्किै भन्नुपर्दा उहाँ एक कठोर व्यक्ति पनि हो । उहाँले गीत, संगीत र स्वरमा कहिल्यै पनि सम्झौता गर्नुभएन । नातीकाजीकै कारण आज पनि सदाबहार गीतहरु सुन्न पाइरहेका छौँ र उहाँका यी गीत संगीतहरु मलाई लाग्छ नाती पुस्तासम्मकै लागि पनि लोकप्रिय रहनेछन् ।”

बासकोटाले उहाँकै प्रयासमा संगीत रेडियो नेपालमा संग्रहालय अर्थात लाईब्रेरी निर्माण भएको थियो । जुन नेपाली संगीतको लागि एउटा इतिहास पनि हो । नातीकाजीले देश बाहिरका स्रष्टाहरुको खोजी गरी गीत रेकर्ड गराउने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो “समकालीनसँगै नयाँ पुस्तालाई पनि उहाँले उत्तिकै अबसर दिनुहुन्थो । नत्र त अहिलेको संगीत पुस्ता कसरी तयार हुन सक्थ्यो र रु जस्तो कि हामीले पनि उहाँबाट धेरै प्रेरणा लिन पाएका छौँ । संगीतको वर्तमान पुस्ता उहाँको योगदान हो भन्दा कुनै गल्ती हुदैन ।”

यो वर्ष ‘नातीकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ बाट गीत रचनातर्फ आनन्द अधिकारी, वाद्यवादनतर्फ केशव सुनाम, गीत रचनातर्फ भूषण खरेल र गीत रचनातर्फ सुनिल थापालाई सम्मान गर्ने जनाएको छ । त्यस्तै परम्परागत सङ्गीतर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, वाद्यवादनतर्फ सुवर्ण लिम्बू, गीत रचनातर्फ राम भट्टराई तथा गीत रचनातर्फ वसन्त वित्यासी थापालाई प्रदान गरिने छ ।

यस्तै ‘नातीकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ बाट पुरस्कृत हुनेमा गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान तथा सङ्गीतकार राजनराज शिवाकोटी रहनुभएको छ । ‘नातीकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, सङ्गीतकार शशीविक्रम थापा तथा गीत रेकर्डिष्ट प्रकाश मिश्रलाई प्रदान गरिनेछ ।

त्यसैगरी ‘नातीकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ लोक गायक अमृत खातीलाई प्रदान गरिने छ भने ‘नातीकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ बाट पत्रकारद्वय कृष्ण भट्टराई र शान्तिप्रियलाई पुरस्कृत गरिने जनाइएको छ ।

विसं १९८२ पुस ३ गते पुल्चोक ललितपुरमा जन्मिनुभएका नातीकाजीले नेपाली राष्ट्रिय गीत, लोकगीत, आधुनिक, भजन, गीतिनाटक, नाटक, चलचित्र गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । उहाँका नेपाली हामी रहौला कहाँ नेपाली नरहे, आजै र राती के देखे सपनीमा , फुलको थुगा बगेर गयो गंगाको पानीमा , सान्ननीको गालैमा कालो कोठी रैछ ,तिरिरी मुरली बज्यो बनमा जस्ता चर्चित गीतमा संगीत दिनुभएको छ ।

उहाँको निधन विसं २०६० का कात्तिक १६ गते भएको थियो ।