• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ आज बितरण हुदै, को को हुदै छन् पुरस्कृत ?



काठमाडौं । वरिष्ठ सङ्गीतकर्मी तथा सङ्गीतमहर्शी नातीकाजीको स्मृतिमा प्रदान गरिने ‘नातीकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ आज बितरण हुदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले पुरानो तथा नयाँ पुस्ता सम्मका विभिन्न स्रष्टा, सङ्गीतकर्मीहरुलाई आज सो पुरस्कार बितरण गर्नुहुने कार्यक्रम रहेको छ ।

नातीकाजीको ९९ औँ जन्मजयन्तीको अवसर पारेर गत पुस ३ गते पुरस्कारको घोषणा गरिएको थियो । नातीकाजीको जन्मजयन्तीको अवसर पारेर यो वर्षदेखि प्रत्येक वर्ष नातीकाजी स्मृति समाजले पशुपतिनाथमा उहाँले सङ्गीत दिनुभएका भजन प्रस्तुत गर्ने कार्यक्रमको पनि घोषणा गरेको थियो । जस अनुसार पुस ३ गते एक भव्य कार्यक्रम पनि गरेको थियो ।

समाजका अध्यक्ष तथा वरिष्ठ सङ्गीतकार शम्भुजीत बासकोटाको आह्वान र संयोजनमा सम्पन्न उक्त कार्यक्रमले नेपाली गीत–सङ्गीतका शिखर व्यक्तित्व नातीकाजीका योगदानलाई नेपाली पछिल्लो पुस्तासम्म ल्याउन र उहाँको प्रतिभा र योगदानको समेत सम्मान गर्न सो सम्मान कार्यक्रम गरिएको जानकारी दिनुभएको थियो ।

समाजका अध्यक्ष बासकोटाका अनुसार नातीकाजीका संगितका बारेमा व्यापक अनुसन्धान गरी ती कालजयी संगीतहरुको संरक्षण गर्नुपर्ने अबस्था छ । बाँस्कोटा भन्नुहुन्छ “नातीकाजी नेपाली आधुनिक गीतका एक कुशल संगीतज्ञ साधक हुनुहुन्थ्यो । संगीतमा गुणस्तरियताका लागि साँच्किै भन्नुपर्दा उहाँ एक कठोर व्यक्ति पनि हो । उहाँले गीत, संगीत र स्वरमा कहिल्यै पनि सम्झौता गर्नुभएन । नातीकाजीकै कारण आज पनि सदाबहार गीतहरु सुन्न पाइरहेका छौँ र उहाँका यी गीत संगीतहरु मलाई लाग्छ नाती पुस्तासम्मकै लागि पनि लोकप्रिय रहनेछन् ।”

बासकोटाले उहाँकै प्रयासमा संगीत रेडियो नेपालमा संग्रहालय अर्थात लाईब्रेरी निर्माण भएको थियो । जुन नेपाली संगीतको लागि एउटा इतिहास पनि हो । नातीकाजीले देश बाहिरका स्रष्टाहरुको खोजी गरी गीत रेकर्ड गराउने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो “समकालीनसँगै नयाँ पुस्तालाई पनि उहाँले उत्तिकै अबसर दिनुहुन्थो । नत्र त अहिलेको संगीत पुस्ता कसरी तयार हुन सक्थ्यो र रु जस्तो कि हामीले पनि उहाँबाट धेरै प्रेरणा लिन पाएका छौँ । संगीतको वर्तमान पुस्ता उहाँको योगदान हो भन्दा कुनै गल्ती हुदैन ।”

यो वर्ष ‘नातीकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ बाट गीत रचनातर्फ आनन्द अधिकारी, वाद्यवादनतर्फ केशव सुनाम, गीत रचनातर्फ भूषण खरेल र गीत रचनातर्फ सुनिल थापालाई सम्मान गर्ने जनाएको छ । त्यस्तै परम्परागत सङ्गीतर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, वाद्यवादनतर्फ सुवर्ण लिम्बू, गीत रचनातर्फ राम भट्टराई तथा गीत रचनातर्फ वसन्त वित्यासी थापालाई प्रदान गरिने छ ।

यस्तै ‘नातीकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ बाट पुरस्कृत हुनेमा गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान तथा सङ्गीतकार राजनराज शिवाकोटी रहनुभएको छ । ‘नातीकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, सङ्गीतकार शशीविक्रम थापा तथा गीत रेकर्डिष्ट प्रकाश मिश्रलाई प्रदान गरिनेछ ।

त्यसैगरी ‘नातीकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ लोक गायक अमृत खातीलाई प्रदान गरिने छ भने ‘नातीकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ बाट पत्रकारद्वय कृष्ण भट्टराई र शान्तिप्रियलाई पुरस्कृत गरिने जनाइएको छ ।

विसं १९८२ पुस ३ गते पुल्चोक ललितपुरमा जन्मिनुभएका नातीकाजीले नेपाली राष्ट्रिय गीत, लोकगीत, आधुनिक, भजन, गीतिनाटक, नाटक, चलचित्र गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । उहाँका नेपाली हामी रहौला कहाँ नेपाली नरहे, आजै र राती के देखे सपनीमा , फुलको थुगा बगेर गयो गंगाको पानीमा , सान्ननीको गालैमा कालो कोठी रैछ ,तिरिरी मुरली बज्यो बनमा जस्ता चर्चित गीतमा संगीत दिनुभएको छ ।

उहाँको निधन विसं २०६० का कात्तिक १६ गते भएको थियो ।