२० भाद्र २०८३, शनिबार
,
Latest
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेनुका पौडेल इन्डियन आइडलबाट आउट



अ+ अ-

काठमाडौं: भारतको चर्चित रियालिटी शो इन्डियन आइडलबाट नेपाली गायिका मेनुका पौडेल आउट भएकी छिन् ।

शनिबार आफ्नो प्रस्तुतिका क्रममा बिचमै गीतको बोल बिर्सिएर संकटमा परेकी पौडेल आज दर्शकले दिएको भोटका आधारमा सबैभन्दा कम भोट पाउँदै टप १० बाट बिदा भएकी हुन् ।

यद्यपी शनिबारको प्रस्तुतिका क्रममा गीतको बोल बिर्सिएपछि निर्णायकहरुले पनि पटक पटक यस्तो गल्ती क्षम्य नहुने चेतावनी दिएका थिए । उनीहरुले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक रहेकाले विशेष सावधानी अपनाउन र अरु गायक गायिकालाई अन्याय हुन दिन नहुने बताएका थिए ।

प्रतियोगितामा विशेष खुवीका साथ गायन प्रस्तुत गर्दै आएकी पौडेलको गायकी निकै सुन्दर रहेको भन्दै सर्वत्र प्रशंसा हुँदै आएको थियो । तर यसपटक उनलाई भाग्यले साथ दिएन ।

उनले यसअघि भारतीय चलचित्र सलारमा गीत गाएर प्रभाव छाडिसकेकी छिन् ।




भर्खरै