२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ
अ अ+ अ-

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेतीतर्फ आकर्षित बन्नुभएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातको कागती लगाउनुभएको हो । 

करीब ३० रोपनी क्षेत्रफलमा ४०० कागतीको बोट लगाइसकेको र ६०० बोट लगाउन ७० रोपनी क्षेत्रफलमा खाडल खन्ने काम भइरहेको उहाँले बताउनुभयो ।  प्रतिबोट कागती रु २१५ का दरले किनेर ल्याएर उहाँले व्यावसायिकरुपमा कागती खेती शुरु गर्नु भएको हो । उहाँले भन्नुभयो, “कागतीको माग अत्यधिक रहेकाले आफू यसतर्फ आकर्षित भएको हुँ ।” 

गत साउन महिनामा कागतीको बिरुवा रोपेपछि अहिले नै फल दिन शुरु गरे पनि पहिलो वर्ष फलेको कागती टिपेर नष्ट गरिने उहाँले बताउनुभयो । पहिलो वर्षमा फल लाग्न दिँदा बोट वयस्क भइनसक्ने हुँदा पहिलो वर्षको फल टिपेर फ्याक्नुपर्छ । उहाँले भन्नुभयो, “शुरुमा कागती खेती गर्दा करीब रु १४ लाख खर्च भइसकेको छ ।” 

नेपालमा उत्पादन गरिएको कागतीले एक महिना पनि नपुग्ने र भारतकै मुख ताक्नुपर्ने अवस्था भएकाले आफू यस खेतीतर्फ लागेको ृहाँको भनाइ छ । अधिकारीले गाउँमा कागती खेती थालेसँगै अन्य तीन जनाले पनि कागती खेती शुरु गरेका छन् । स्थानीय धनबहादुर रानाले ६००, पशुपति विष्टले ३०० र टेकबहादुर रानाले ३०० बोट कागतीका बिरुवा लगाइसकेका छन् । विष्टले कृषि ज्ञान केन्द्रबाट अनुदान पाएर कागती लगाएका छन् भने अन्य तीनले आफ्नै लगानीमा कागतीका बिरुवा किनेर लगाएको कृषक अधिकारी बताउनुहुन्छ । 

आगामी वर्षदेखि फल दिन थालेपछि आम्दानीको माध्यम बन्ने कृषक धनबहादुरले बताउनुभयो । गाउँमा दुई चार जना कृषक मिलेर कागती खेती गर्दा कतिपय आफूले नजानेका कुरा पनि सिक्न सहज भएको उहाँ बताउनुहुन्छ । वडाका चारले व्यावसायिकरुपमा कागती खेती गरेर समुदायका अन्य मानिसलाई पनि प्रोत्साहन गर्ने कार्य भएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो ।