१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनामा नेपाली : क्षति र भर्ती रोक्न सरकार असफल



अ+ अ-

काठमाडौँ । पछिल्लो पटक एक खतरनाक वैदेशिक रोजगारीको गन्तव्य बनेको रुसमा मानव तस्करहरूको प्रलोभनमा सयौं नेपाली पुगेका पाइएको छ ।

उनीहरुलाई राम्रो कमाइको प्रलोभन देखाएर रुसी सेनामा भर्ना गराएको पनि पाइएको छ । तर यसको यकिन संख्या भने अझै आउन सकेको छैन । रुसको एक किसीमले भन्नुपर्दा भाडाका सैनिकका रुपमा कार्यरत नेपाली युवाहरूले ज्यान गुमाइरहेका छन् ।

बाहिर आएको तथ्यांक अनुसार हालसम्म कम्तीमा १२ नेपालीको ज्यान गइसकेको छ । अरु के कति हताहत छन् भन्ने कुराको पूरा विवरण आइसकेको छैन । अर्कातर्फ रुसी सेनामा कति नेपाली भर्ना भएका छन् भन्ने यकिन तथ्यांकसमेत परराष्ट्र मन्त्रालयले लिन सकेको छैन । सो मन्त्रालयले अहिलेसम्म यकिन तथ्यांक नै सार्वजनिक गर्न सकेको छैन । रुसी सेनामा कम्तीमा १२ नेपालीको ज्यान गइसकेको छ भने चार जना युक्रेनी सेनाको कब्जामा पनि छन् । उता रुससँगै युक्रेनले पनि सैनिक भर्ती गरिरहेको छ ।

यो पनि पढ्नुहोस- रुसी सेनामा भर्ती भएकाका आफन्तहरुको आग्रह: स्वदेश फर्काउन पहल गरिदिनुस्

यी दुवै देशको लडाईका चेपुवामा नेपाली युवा परेको बडो नमिठो संयोग आइलागेको छ । दुफैतर्फ गरेर कैयौं घाइते रहेका बताइन्छ तर यसको पनि यकिन संख्या छैन । तर यता सरकार भने यस्तो अवस्थामा पनि मुकदर्शक बनेर बसेको छ । परराष्ट्र मन्त्रालय मौन छ । रुसी र युक्रेनी सेनामा भर्ती हुन नजानु भन्ने औपचारिक विज्ञप्तिबाहेक सरकारसँग केही योजना र कार्यक्रम नै देखिँदैन । सरकारले न उद्धार गरेर स्वदेश ल्याउन खोजेको छ र नत भर्ती रोक्न नै सकेको छ ।

पाल सरकारले रुसलाई कूटनीतिक नोट लेखेर पठाएको थियो । तर यसको जवाफसमेत रुसले दिएको छैन । उता परराष्ट्रमन्त्रीले रुस भ्रमण गर्ने प्रचार गराइरहन्छन् जान सकेका छैनन् । जान चाहेका हुन् या नचाहेका हुन् अथवा अनुमति नै पो नपाएका हुन् कि भन्ने पनि केही सार्वजनिक गरिएको छैन । यत्ति हो कि नेपालले बलियो सञ्चार गर्न नै सकेको छैन । पछिल्लो समय नेपालको परराष्ट्र मामिला रुस–युक्रेन युद्ध र हमास–इजरायल युद्धसम्म पुगेको मात्र होइन यसले हामीलाई क्षति नै दिइरहेको प्रष्टै देखिएको छ । यस्तोमा परराष्ट्रको भूमिका र महत्व मन्त्री एनपी साउदले बढाउन सकेका छैनन् । यसतर्फ मन्त्री र मन्त्रालयको सक्रियता बढेको देखिएको छैन ।

केही अघि हमास विद्रोहीले इजरायलमा आक्रमण गरेर १० जना नेपाली युवाको ज्यन लिएका थिए । त्यतिबेलै हमासले बन्धक बनाएका विपिन जोशी अझै उनीहरुकै कब्जामा छन् । उनलाई छुटाउन पनि मन्त्री सफल भएका छैनन् । यसरी मन्त्री साउद विभिन्न सभा समारोहहरुमा विदेश भ्रमणमा जान लालायित भए पनि यस्ता गम्भीर प्रकृतिका कूटनीतिक विषयमा भने असफल भएका छन् । नेपालका कूटनीतिक क्षेत्रका जानकारहरु भन्छन्– नेपालको परराष्ट्र नीति इतिहासमै सबैभन्दा कमजोर भएको छ ।