२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाको फराकिलो जित, फुलहम र बर्नलेले अंक बाँडे



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा भिल्लाले शेफिल्ड युनाईटेडलाई उसकै घरेलु मैदानमा ५–० गोलले हराएको हो ।

भिल्लाले खेलको पहिलो हाफमै चार गोल गरेको थियो । उसका लागि जोन म्याकगीन (१२), ओली वाट्कीन्स (१६), लिओन बेली (२०), योरी टिलेमान्स (३०) र एलेक्स मोरेनोले ४७ औं मिनेटमा गोल गरे ।

जितसँगै एस्टन भिल्ला २३ खेलबाट ४६ अंकका साथ तालिकाको चौंथो स्थानमा उक्लिएको छ । शेफिल्ड १० अंकका साथ पुछारमा छ ।

यस्तै, हिजो राति नै भएको अर्को खेलमा बर्नले र फुलहमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बर्नलेका लागि दुबै गोल डेभिड फोफानाले गरे । उनले दुई गोलले पछि परेको अवस्थामा दुई गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

खेलको २१ औं मिनेटमा जोआओ पालिन्हाले र २१ औं मिनेटमा रोड्रीगो मुनिजले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । तर, फोफानाले ७१ औं र ९०+१ औं मिनेटमा गोल गर्दै घरेलु टोली बर्नलेलाई २–२ गोलको बराबरी गरे ।

फुलहम २६ अंकका साथ १२ औं स्थानमा रहँदा बर्नले १३ अंकका साथ १९ औं स्थानमा छ ।