१३ माघ २०८१, आईतवार
,
Latest
सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ सूचनाको हकले शासन प्रणालीलाई पारदर्शी बनाउनेः मुख्यमन्त्री कार्की एन्फा यु–१६ युथ लिग फुटबल: चर्च ब्वाइजले पुलिसलाई हरायो भुटानी शरणार्थी प्रकरणः बेचन झाको कागजात मगाउन सर्वोच्चको आदेश भारतले मनायो ७६ औँ गणतन्त्र दिवस–(फोटोफिचर) रविको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी जसपाको संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा हुने विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० उद्योग समितिबाट पारित नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द सैफ अलीमाथि हमला प्रकरणः आरोपितको औंठाछाप मेल खाएन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय २१ वर्षको उमेरमा बाटुली लामिछानेको निधन



अ+ अ-

त्रिशूली (नुवाकोट) :  ककनी गाउँपालिका–८ निवासी एक सय २० वर्षिया बाटुली लामिछानेको आज निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उहाँको शुक्रबार घरमै निधन भएको उहाँका आफन्त उद्धव हुमागाँईले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक सातादेखि ज्येष्ठ नागरिक लामिछानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । ककनी गाउँपालिका र उहाँको संरक्षण तथा रेखदेखमा सक्रिय बाला फाउन्डेसनले उहाँको घरमै चिकित्सक ल्याएर उपचार गराउँदै आएको थियो ।

बाटुली लामिछानेको चाहनाअनुसार शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ । उहाँलाई ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने दागबत्ती दिनुभयो ।

नेपाली नागरिकताको प्रमाणपत्रअनुसार बाटुली लामिछानेको जन्म विसं १९५९ चैत १० गते भएको हो । उहाँलाई विश्वकै ज्येष्ठ नागरिक घोषणाका लागि बाला फाउन्डेसनमार्फत आवश्यक पहल भइरहेको थियो ।रासस