• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   एसईई प्रिन्सेस बाह्रौं सस्करण सम्पन्न, शिक्षकहरु सम्मानित ★   हेलमेटको ग्रिलले बचायो आँखा ★   प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन – तस्बिरहरु ★   प्राकृतिक विपत्तिबाट बच्न एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्छ: योगेश भट्टराई ★   ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना ★   राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै ★   सडक बनेको १८ वर्षपछि स्तरोन्नति ★   सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ ★   कांग्रेसका नेताहरूमाथि गृहमन्त्रीले लगाएको आरोपमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: कांग्रेस ★   म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

भारतमा भक्तजनका लागि बनाइएको मञ्च भत्किँदा एक जनाको मृत्यु, १७ जना घाइते



नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा भक्तजनका लागि बनाइएको मञ्च एक्कासि भत्किँदा एक महिलाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।

“आइतबार बिहानै हामीलाई कालकाजी मन्दिरको एउटा स्टेज भत्किएको खबर आयो । तत्काल उद्धार टोली घटनास्थलमा पुगेको छ,” स्थानीय प्रहरी अधिकारीले भने ।

घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको र उनीहरूको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

घटनापछि कार्यक्रमस्थलमा भागदौड मच्चिएको थियो र मानिसहरु भागेर आत्तिएर चिच्याइरहेका देखिन्थे ।

प्रहरी अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले मन्दिरमा बिना अनुमति धार्मिक कार्यक्रम आयोजना गरिएको जनाएका छन् ।

कार्यक्रममा महिला र बालबालिकासहित एक हजार ६०० भन्दा बढीको सहभागिता रहेको थियो ।

भिडिओमा घटनास्थल खचाखच भरिएको देख्न सकिन्छ । प्रारम्भिक अनुसन्धान अनुसार मान्छेको वजन धान्न नसकेर मन्दिरको अगाडि बनाइएको स्टेज भत्किएको थियो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ती महिलाको निधनप्रति दु:ख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले यस्ता ठूला कार्यक्रम आयोजना गर्दा सुरक्षा नियम पालना गर्न आग्रह गर्नुभयो ।