२१ मंसिर २०८२, आईतवार
,
Latest
मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनलाई अलग गरेर विश्वको आधुनिक व्यवस्थाको कल्पना गर्न सकिदैन: सभामुख घिमिरे



अ+ अ-

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले पनि समृद्धिको युगतर्फ अगाडि बढिरहेको अवस्थामा चीनको बलियो साथको अपेक्षा गरेको बताउनु भएको छ ।

चिनियाँ नयाँ वर्षका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दे सभामुख घिमिरेले यस्तो अपेक्षा गर्नुभएको हो । सभामुख घिमिरेले नेपाल चीनबीचको द्विपक्षीय सम्बन्ध सन् १९५५ अगष्ट १ तारिखमा स्थापना भएको स्मरण गर्नुभयो ।

उहँँले भन्नुभयो हिमाल र नदी तथा धर्म र सँस्कृतिले जोडिएका चीन र नेपालबीचको प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको भन्दै यो ऐतिहासिक सम्बन्धले नेपाल र चीनबीच पछिल्ला वर्षहरुमा आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदानको विकासमा समेत उल्लेखनीय उपलब्धि हासिँल हुँदै आएको छ।

उहाँले नेपाल र चीनबीचको हिमाल र नदीले जोडेको सम्बन्ध हिउँ र नदीजस्तै पवित्र र हिमालजस्तै विशाल र अटल रहेको पनि बताउनु भयो ।
उहाँल सन् २०१९ मा २३ वर्षपछि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको ऐतिहासिक भ्रमण गर्नु भएको र उक्त भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लगेको र सोही वर्ष नेपालका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको भ्रमण गर्नु भएको भन्दै यस्ता भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताउनु भयो ।

सभामुख घिमिरेले चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले डेढ वर्ष अगाडि गर्नु भएको नेपाल भ्रमण र नेपालका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नु भएको भ्रमणको अन्तरसम्सदीय सहकार्य सम्बन्धी समझदारीले दुवै देशबीचको सम्बन्धलाई थप उचाइमा लगेको पनि बताउनु भयो ।

चीन विश्वको आर्थिक शक्ति रहेको भन्दै चीनलाई अलग गरेर विश्वको आधुनिक व्यवस्थाको कल्पना गर्न नसिकिने कुरामा सभामुख घिमिरेले जोड दिनु भयो । चीन पूर्ण रुपमा राजनीतिक स्थायित्व र अनुशासित नागरिक बस्ने मलुकका रुपमा विश्वभर परिचित भएको पनि उहाँले बताउनु भएको थियो ।

नेपालले एक चीनको सिद्धान्तलाई सदैव पालना गरेको बताउँदै नेपालको भूमि प्रयोग गरेर चीन बिरोधी गतिबिधि हुन नदिन नेपाल सचेत रहेको कुरामा उहाँले जोड दिनुभयो । उहाँले ‘अँध्यारोलाई सराप्नुभन्दा मैनबत्ती बाल्नु राम्रो’ भन्ने चिनियाँ भनाइलाई उल्लेख गर्दै नेपालले पनि समृद्धिको युगतर्फ अगाडि बढिरहेको अवस्थामा चीनको बलियो साथको अपेक्षा गरेको पनि बताउनु भयो  ।

चिनियाँ राजदूताबास तथा आन्हुई प्रान्तीय सँस्कृति तथा पर्यटन विभागले ‘चिनियाँ नयाँ वर्ष तथा नेपालमा सुन्दर आन्हुई’ विषयमा काठमाडौँमा कार्यक्रम आयोजना गरेको हो।