• १३ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 25 2024
  •   Unicode
Logo
Latest
★   संविधानले दिएको सेवा सुविधा लिएर संविधानको बिरोध गर्न मिल्दैन: सांसद सापकोटा ★   नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको सामान्य लक्ष्य ★   सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण ★   जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री: राष्ट्रपति पौडेल ★   नेपालले ४४ ओभरमा आठ विकेट गुमाएर १४२ रन बनायो ★   सासंद खतिवडाको कटाक्ष: कुचो र क्यामरा बोकेर मन्त्री किराँती मन्त्रालयमा, काम भने कमिसनको चक्करमा ★   जापानले भूकम्प पीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने ★   मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन: सांसद बराल ★   शान्ताको अचार उद्योगलाई केपी ओलीको शुभकामना ★   नेपालले सात विकेट गुमायो, ६६ रन बनाएर आउट भए भुर्तेल

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता



काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौतामा त्रिविका निमित्त उपकुलपति डा शिवलाल भुसाल र युइएसटिसीका कुलपति जेङ्गयोङ्गले हस्ताक्षर गर्नुभयो । सम्झौताको साक्षीमा त्रिविबाट आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्रा चिरञ्जीवी खनाल र युइएसटिसीका प्राध्यापक हाङ्होङ रहेका छन् । सम्झौतापछि त्रिविका निमित्त उपकुलपति भुसालले यसले विभिन्न सम्भावनाको ढोका खोलेको भन्दै आगामी दिनमा दुई विश्वविद्यालयका बीचमा घनिभूत सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

युइएसटिसीका प्रतिनिधि प्राध्यापक हाङहोङले आफ्नोतर्फबाट अध्ययन र अनुसन्धानका क्षेत्रमा सक्दो सहयोग गर्ने बताउँदै ज्ञान र सीपको पनि आदानप्रदान हुनुपर्ने बताउनुभयो । सम्झौताका लागि पहलकर्ता प्रा खनालको दुवै विश्वविद्यालयका बीचमा दीर्घकालीनरूपमा सहकार्य गर्न समझदारी भएको बताउँदै पारस्परिक समानता र लाभको पारस्परिकताका सिद्धान्तमा आधारित आपसीहित र शैक्षिक सहयोगलाई सक्षम पार्न सम्झौता उपयोगी हुने जनाउनुभयो ।

सम्झौतासँगै विद्वान, अनुसन्धानकर्ता र शिक्षण कर्मचारीको आदानप्रदान हुनेछ भने विद्यार्थीहरूकोसमेत आदानप्रदान हुनेछ । संयुक्तरूपमा कार्यशाला र सङ्गोष्ठीको आयोजना हुनेछ । यो सम्झौतामा पाँच वर्षका लागि हुनेछ ।रासस