२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

यस साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ३.४० अंकले घट्यो

यस साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ३.४० अंकले घट्यो
अ अ+ अ-

काठमाडौं ।  बिहीबार महाशिवरात्रीको सार्वजनिक विदा परेकाले बुधबार नै यो साताको अन्तिम कारोबार दिन रहेको छ । बुधबार नेप्से परिसूचक ३.४० अंकले घटेर २ हजार ४ सय ५८.४८ विन्दुमा पुगेर बजार बन्द भएको छ । यस दिन शेयर बजार ०.१४ प्रतिशतले घटेको हो । 

यस दिन २ हजार ४ सय ७६.९३ विन्दुदेखि खुला भएको बजार २ हजार ४ सय ७७.७१ विन्दुसम्म पुगेको थियो भने २ हजार ४ सय ४६.३४ विन्दुसम्म झरेको थियो । यता सेन्सेटिभ इन्डेक्स भने ०.०२ अंकले बढेर ४ सय ४५.२३ विन्दुमा पुगेर बन्द भएको छ । आजको बजारमा सामान्य करेक्सन भएर ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ०.०१ प्रतिशतले बढेको हो ।  

यस दिनको कुल कारोबार रू. ४ अर्ब १० करोड ४ लाख ६ हजार ३ सय ३७ रहेको छ । यस दिन २०५ वटा कम्पनीको ४६ हजार ९ सय ४८ पटकको व्यापारमा उक्त रकम बराबरको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर कारोबार भएको हो । पूँजीबजारको उतारचढाबलाई राजनीतिक, आर्थिक र नीतिगत कारणले प्रभावित पार्ने विश्लेषण विश्लेषकहरुको छ ।

यो दिन नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको उक्त कम्पनीको उक्त लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधबार भएकाले पनि सर्वाधिक कारोबार भएको देखिन्छ । यो दिन कम्पनीको शेयरमूल्य पनि २.७८ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. ३५ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार २९५ कायम भएको छ ।

बुधबार सामान्य अंकले घटेको बजारमा चन्द्रागिरी हिल्स लिमिटेड, घलेम्दी हाइड्रो र नेपाल हाइड्रो डेभलोपर लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यो दिन चन्द्रागिरी हिल्सको सर्वाधिक ९.९९ प्रतिशत बढेर रू. ८०४ र घलेम्दी हाइड्रो लिमिटेडको ९.९२ प्रतिशत बढेर रू. १४४ पुगेको छ । त्यस्तै नेपाल हाइड्रो डेभलोपरको ९.५५ प्रतिशत बढेर अन्तिम मूल्य रू. ३९० पुगेको छ ।

यस दिन चन्द्रागिरी हिल्सको प्रतिकित्ता रू. ७३, घलेम्दी हाइड्रोको प्रतिकित्ता रू. १३ र नेपाल हाइड्रो डेभलोपरको प्रतिकित्ता रू. ३४ ले मूल्य बढेको हो । यस दिन रैराङ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.६० प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १६ ले घटेर अन्तिम मूल्य रू. ३३२ कायम भएको हो ।

बुधबार कारोबारमा आएको १३ वटा समूहगत परिसूचकमध्ये व्यापारिक समूहको परिसूचक सर्वाधिक ८.१५ प्रतिशत बढेको छ । यो दिन होटल्स तथा पर्यटन समूहको २.२ प्रतिशत, जलविद्युतको ०.२ प्रतिशत, वित्तको ०.४ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.८३ प्रतिशत, अन्यको १.९६ प्रतिशत र लगानी समूहको ०.०३ प्रतिशत बढेको छ ।

यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ् समूहको ०.६१ प्रतिशत विकास बैंकको ०.४३ प्रतिशत, लघुवित्तको ०.९४ प्रतिशत, जीवन बीमाको ०.७८ प्रतिशत र म्युचुअल फण्डको ०.२४ प्रतिशतले परिसूचक घटेको छ ।