१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल मुस्लिम आयोगद्वारा मुस्कानलाई सम्मान



अ+ अ-

काठमाडौं । नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ । आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने भएको हो । 

बुधबार आयोग कार्यालयमा एसिड पिडित खातुनलाई अध्यक्ष समिम मिया अन्सारीले सम्मान गर्नुभयो । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एशिड बिरुद्धको अभियानमा मुस्कानको भूमिका महत्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताउनु भयो । एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहशको काम भएकोले आयोगले सम्मान गरेको अध्यक्ष अन्सारीले बताउनु भयो ।

यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताउनु भयो । आफूले एसिड बिरुद्ध जनचेतना जगाउन काममा सधै लाग्ने पनि बताउनु भयो । केहि दिन अघि अमेरिकी सरकारले जलेको घाउ लिएर समाजमा क्रियाशिल भएर कार्य गरिरहेको भनेर सम्मान गरेको थियो । यस्तै नेपाल सरकारले अन्तराष्ट्रिय महिला दिवशको अवसरमा विशेष सम्मान पनि गरेको छ ।