• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

क्रिकेटर दीपेन्द्र ग्रेस इन्टरनेसनलको ब्रान्ड एम्बेसडरमा नियुक्त



नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी ग्रेस इन्टरनेसनल प्रालिको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् ।

ग्रेस इन्टरनेसनलले दीपेन्द्रसँग तीन वर्षका लागि सहकार्य गरेको हो । बिहीवार एक कार्यक्रमका बीच ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रियु पौडेल र क्रिकेटर दीपेन्द्रले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

दीपेन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका छन् । ग्रेस इन्टरनेसनलकाका निर्देशक पौडेलले दीपेन्द्रसँगको सहकार्य व्यावसायिक प्रवर्धनको उद्देश्य मात्र नभएर क्रिकेटप्रति उत्तरदायित्वको रूपमा रहेको बताए ।

क्रिकेटर दीपेन्द्रले पनि ग्रेससँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै यस यात्रामा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे । —न्युज एजेन्सी नेपाल