२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

वैज्ञानिक वन व्यवस्थापनको विकल्प तत्काल ल्याउ- वन विज्ञ

वैज्ञानिक वन व्यवस्थापनको विकल्प तत्काल ल्याउ- वन विज्ञ
अ अ+ अ-

काठमाडौं । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधी खारेज गरे लगत्तै वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यक भएको विज्ञहरुले ठहर गरेका छन् । 
नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले बुधबार आयोजना गरेको वन व्यवस्थापन र काठ आपूर्तीको चुनौती सम्बन्धी हाका–हाकी बहसमा सहभागी विज्ञहरुले वैकल्पिक व्यवस्थापन योजना आवश्यक भएको बताएको हो ।
 
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशराज रेग्मीले वैज्ञानिक वन व्यवस्थापनका जटिलता र समस्याहरु समाधान गरेर अघि बढ्न सुझाव दिनुभएको छ । उहाँले भन्नुभयो, ‘एउटा ठाउँमा समस्या देखियो भनेर मूलुकभर नै ठप्प गरेर अन्यौलता निम्त्याउन हुदैन । 

यो पद्दती खारेजसँगै काठ व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न उठेको छ । पाँचदेखी छ करोड क्यु फिट काठ आपूर्ति भए पुग्छ अहिले वनमा निकाल्न पर्ने काठ करिब ११ करोड क्यु फिट छ तर विदेशबाट १८ अर्ब रुपैया बराबरको काठ आइरहेको छ ।’ वैज्ञानिक वन व्यवस्थापन गर्दा काटिएका काठको बिक्री वितरण तत्काल खुल्ला गर्नुपर्ने माग उहाँको रहेको छ । 

वन प्राविधिक संघका उपाध्यक्ष श्रीप्रसाद बरालले सरकारले वैज्ञानिक वन व्यवस्थापन पद्दती हचुवामा खारेज गरिएको बताउनुभयो । अर्को विकल्प नभई वैज्ञानिक वन व्यस्थापन कार्यविधि खारेज गर्न नहुने बरालको जिकिर थियो । सामुदायिक वन उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले उपभोक्ताको चाहना सहज र सरल तरिकाले काठ व्यवस्थापन गर्ने रहेको उल्लेख गर्दै भन्नुभयो, ‘वनको व्यवस्थापनमा जनसहभागिता हुनुपर्छ ।’भण्डारीले थप प्रष्ट पार्दै भन्नुभयो, ‘दिगो वन व्यवस्थापनमा योजना बनाएर उपभोक्तालाई सहज रुपमा काठ उपलब्ध गराउने अधिकारको लागि हामी सकारात्मक छौं ।’ 

पर्यावरण विज्ञ बाबुराम यादवले भन्नुभयो, ‘कथा कथित वैज्ञानिक वन व्यवस्थापन जनतालाई ठग्ने र नेतालाई झुकाउने काम हो ।’ वन व्यवस्थापन महाशाखाका प्रमुख दिवेशमणी त्रिपाठीले सरकारले वैज्ञानिक वन व्यवस्थापनको विकल्प छिट्टै खोज्ने प्रतिवद्धता जनाउनुभयो । ‘यसको लागि सरकारले गृहकार्य गरिरहेको छ’, उहाँले भन्नुभयो । वन विज्ञ डा. बिनोद भट्टले वनको दिगो व्यवस्थापनका लागि सरोकारवाला निकायले वृक्षरोपणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । ‘योजना बनाएर वृक्षरोपण गरी त्यसको व्यवस्थापन गर्नुपर्छ’, उहाँले भन्नुभयो । 

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष कसमस विश्वकर्माले वनको दिगो संरक्षणका लागि सरोकारवाला निकायहरुले मिलेर काम गर्नुपर्ने बताउनुभयो । साथै उहाँले यसका लागि नेफेजले नियमित यस्ता बहस कार्यक्रमहरु गर्ने जानकारी दिनुभयो । कार्यक्रममा वन विज्ञ, सरोकारवाला निकायका प्रतिनिधी र सञ्चारकर्मीहरुको सहभागीता थियो ।