४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट फाईदा लिन सकेन: पूर्व राजदूत उपाध्याय

नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट फाईदा लिन सकेन: पूर्व राजदूत उपाध्याय
अ+ अ-

काठमाडौं, ११ माघ । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतमा नरेन्द्र मोदी सरकारमा आएपछि विकासले ठूलो छलाङ मारेको भन्दै नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट फाईदा लिन नसकेको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज (बिहीबार) भारतको ७५औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध : सम्भावना र चुनौति’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

साक्षात्कारमा उनले भने,‘भोलि भारतको ७५औं गणतन्त्र दिवस । भारतले अमृतमहोत्सव भनेर मनाईरहेको छ । भारतको राम्रो कुरा भनेको यो ७५ वर्षमा आर्थिक प्रगति धेरै भएको छ । बाटा घाटा राम्रा भएका छन् । भारतले आर्थिक रूमा राम्रो छलाङ मारेको छ । विकास भनेको भिजनले हुन्छ । हाम्रो देशमा त नकारात्मक कुरा बढि भयो । भारतको प्रगतिमा हाम्रो प्रगति पनि मिसिएको हुन्छ । भारतको हिजो हाम्रोजस्तै गति थियो । अहिले भारतले धेरै सुधार गर्यो । भारतले अहिले तोकिएको भन्दा समयमा नै परियोजना सम्पन्न गर्छ । भारतमा ८/१० वर्षअघि विकराल समस्या थियो ।’

उपाध्यायले मोदीको दुई कार्यकालमा भारतले पूर्वाधार विकासमा धेरै फड्को मारेको सुनाए । उनले भने,‘भारतको नेवरहुड फष्ट पोलिसी, लुक इस्ट, सबका साथ सबका विकास नारा छ । यसमा नेपालले लाभ लिन सकेन । यो दशक भनेको पिउने पानीको दशक हो । हामी पिउने पानीमा धनी छौं । भारतमा पानीको खडेरी आउनेवाला छ । भारतले आफ्नो राष्ट्रिय स्वार्थले गर्दाखेरि नेपालको पानीमा अग्राधिकार सुरक्षित राख्ने कुरा गर्छ । यसमा हामीले हल्ला गरेर के गर्ने रु हामी परराष्ट्र नीति, राष्ट्रिय स्वार्थको बारेमा सहमति गर्न सक्दैनौं रु भारतको परराष्ट्र नीतिबारे सरकारले मात्रै बोल्छ । नेपालको नाकाबन्दीको बेलामा भारतको संसद्मा छलफल भयो । त्यो त एक्सेप्सनल केश हो । चुच्चे नक्शाको बारेमा नेपालमा सबै दल एक भए । पानी हाम्रो ठूलो हतियार हो । यसलाई हामीले खाली नारामा सिमित गर्यौं । कोशी र गण्डकमा हामी कति ठगियौं भनेर नारा लगायौं । भारतसँगको सम्बन्ध गौरवमय छ । नेपालमा मुखले विरोध गर्ने अनि यस्तो होईन भनेर द्धेद्धचरित्र देखाउने काम भएका छन्, अब त्यस्तो हुनुहुँदैन् ।’

नेपालमा अहिले आर्यघाटमा जाने बेलासम्म सत्तामा बस्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई फाल्नुपर्नेमा उनको जोड छ । उनले आफूले राजनीतिबाट ग्रेसफुल एक्जिट लिएको सुनाउ । उनले भने,‘अहिले म न आशमा छु, न त्रासमा छु । समाजसेवा गर्न पद चाहिँदैन् । म धेरैजसो गृहजिल्लामा नै हुन्छ ।’

उनले नेपाल यही अवस्थामा रहनुपर्ने देश नभएको चित्रण गरे । उनले भने,‘विदेश जाँदा जहाँपनि नेपालीहरु इमानदार छन् । परिश्रमी छन् । सिर्जनशील छन् भनेर भन्छन् । अब मिडयाले पनि सकारात्मक कुरा निकाल्नुपर्छ । नकारात्मकलाई प्राथमिकता दिनुहुँदैन् ।’

उनले अहिलेको सरकारले गरेका कामको बारेमा पनि संक्षिप्त टिप्पणी गरे । उनले भने,‘सरकारको तर्फबाट भ्रष्टाचारविरुद्धमा राम्रो काम भएको छ । गहिराईमा गएर अन्वेषण भएन होला, परिपक्व भएन होला । मिडियाको दबाबले धेरैभन्दा धेरै केस अहिले सतहमा आएको छ। खरबौंसम्मका भ्रष्टाचारका कुरा आउन थाल्यो ।’

उपाध्यायले नेपालमा समस्या भएको उल्लेख गर्दै अब समस्या कसरी समाधान गर्ने भन्नेतर्फ सोच्नुपर्ने बेला आएको बताए । उनले भने,‘नेपालमा अहिलेका सबै प्रमुख राजनीतिक दलहरु सत्तामा पुगेका छन् । समस्या कहाँ छ रु समाधान के रु भनेर चिन्तन गर्ने बेला आएको छ । नैतिक पक्षमा हामी साह«ै कमजोर भयौं । अब आत्मसमिक्षा गर्ने बेला भएको छ ।’