२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

चितवन निकुञ्जबाट गैँडा भारत जाने खतरा बढेपछि संरक्षणकर्मी चिन्तित

चितवन निकुञ्जबाट गैँडा भारत जाने खतरा बढेपछि संरक्षणकर्मी चिन्तित
अ अ+ अ-

नारायण अधिकारी

चितवनः चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो ।
 
केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १० वटा गैँडा उद्धार गरी ल्याइएको भए पनि अन्य केही गैँडा ल्याउन सकिएको छैन । त्यसपछिका वर्षहरुमा पनि बाढीले बगाएर गैँडा भारत पुर्याएको अनुमान छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हाल निकुञ्जको मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ झण्डै ७० प्रतिशत हाराहारी गैँडा रहेको अनुमान छ । आउँदो चैत ९ गतेबाट गैँडा गणना गरिँदै छ । गणनापश्चात् यकिन तथ्याङ्क आउने उहाँले बताउनुभयो । सानो ठाउँमा उच्च चाप रहेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा भारतीय सीमामा वाल्मीकि टाईगर रिजर्ब रहेको छ । पर्साको ठोरीदेखि त्रिवेणीसम्म भारतीय सीमामा पर्सा र चितवन राष्ट्रिय निकुञ्ज जोडिएका छन् ।
 
सीमा क्षेत्रमा चुरे पहाड, खोला, जङ्गल र मानवबस्तीसमेत रहेको छ । बरालले नारायणी नदी हुँदै र चुरे पहाडबाट समेत गैँडा भारत जाने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार नदीबाट बगेर गण्डक ब्यारेज हुँदै गएका गैँडा फर्किन असम्भव छ ।

गण्डक ब्यारेजपछि नदीको दुवैतर्फ ठूला तटबन्ध रहेकाले नदीबाट बाहिरिनसमेत कठिन हुने उहाँले बताउनुभयो । पुनः फर्किएर आउन पनि बाँधका कारण सम्भावना छैन । उहाँले भन्नुभयो, “गण्डक ब्यारेज र त्यसपछिको नदी क्षेत्र वन्यजन्तुमैत्री नहुँदा समस्या भएको छ ।” गैँडा गणनापछि अवस्था हेरेर आन्तरिक स्थानान्तरण गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “भारतमा गैँडा जाने चिन्ता छ ।”
 
निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत एवं प्रदेश नं २ का वन सचिव रामचन्द्र कँडेल सीमा क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएको भन्दै भारततर्फ जाने खतरा बढेको बताउनुहुन्छ । घाँसे मैदान र पानीका पोखरी निर्माण गरी आन्तरिक स्थानान्तरण गरेर पूर्वको खगेन्द्र मल्ली र पदमपुर क्षेत्रमा ल्याउनुपर्ने कँडेलको भनाइ छ ।

उहाँले भन्नुभयो, “निकुञ्जको पूर्वी क्षेत्रमा गैँडाको बासस्थानका लागि राम्रो व्यवस्थापन गर्नुपर्छ ।” राप्ती नदीमा भएको उत्खनन र नदीको पानी खेतीमा सिँचाइका लागि ल्याउँदा निकुञ्जमा पानीको अभाव भएको उहाँको भनाइ छ ।
 
नदीको पानी घटेर निकुञ्जमा चिसोपन कम हुँदा घाँसे मैदान र पानीको पोखरी व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । यसबाट निकुञ्जका गैँडा पश्चिमतर्फ केन्द्रित भएको उहाँको भनाइ छ । निकुञ्जको पूर्वी क्षेत्रबाट बाढीमा नदीमा बगेर केही तल पुगेर उत्रिन सक्ने भए पनि सीमा क्षेत्रबाट बगेका गैँडा भने भारत पुग्ने गरेका छन् ।
 
कँडेल यसै निकुञ्जमा प्रमुख संरक्षण अधिकृत हुँदा बगेर भारत पुगेका १० वटा गैँडा भारतसँग समन्वय गरी उद्धार गरेर ल्याइएको थियो । पछिल्लो समय भारतले समेत गैँडा फिर्ता दिन आनाकानी गर्दै आएको छ । निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलगञ्ज कुँवर सीमा क्षेत्रको भेलौजी आसपासका क्षेत्रमा गैँडाको सङ्ख्या बढेकाले भारत जाने सम्भावना पनि उत्तिकै रहेको बताउनुहुन्छ ।

एक दिनमा गैँडा ४० किलोमिटरभन्दा बढी आवातजावत गर्ने भन्दै उहाँले पूर्वी क्षेत्रको हेटौँडा, रौतहट र सर्लाहीसम्म गैँडा पुग्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली क्षेत्रमा गएका गैँडा उचित बासस्थानको अभावमा फर्किएर आउँछन् तर भारत पुगेका भने आउन असम्भवजस्तै छ ।”
 
नेपालकै विभिन्न ठाउँमा गैँडा पुग्ने भए पनि राम्रो बासस्थान खोज्दै पुनः निकुञ्जमै फर्किने गरेका छन् । कुँवरले भारतसँग समन्वय गरेर त्यहाँबाट आउनका लागि जैविक मार्गको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । एउटा देशबाट अर्काे देशमा वन्यजन्तु आवतजावत गर्न रोक्न नमिल्ने भए पनि यहीँ उचित बासस्थानको व्यवस्थापन गर्न सके गैँडा भारत जानबाट रोकिने उहाँको तर्क छ ।
 
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सीमा क्षेत्रको चुरे क्षेत्रबाट जाने सम्भावना कम भए पनि अमुवा खोला र ठोरीतर्फबाट गैँडा भारत जान सक्ने बताउनुभयो । बर्सातको समयमा बगेर जाने खतरा सबैभन्दा बढी रहेको उहाँको भनाइ छ । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् । यसै वर्ष गणना गरिँदै छ ।
 
निकुञ्जमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका गोही भारत पुग्ने गरेका छन् । जसका कारण बर्सेनि नदीमा गोही छोडिएको भए पनि सङ्ख्या बढाउन सकिएको छैन । भारततर्फ गएका गोही ब्यारेजका कारण नेपाल फर्किन कठिन हुने गरेको छ । (रासस)