८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिटै प्रारम्भ हुनेछ- प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने बताउनुभएको छ । विश्व मृगौला दिवसका अवसरमा राजधानीमा आज विहान आयोजित चेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले छिटै त्यस्तो केन्द्र स्थापना गर्न मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशिल रहनुभएको जानकारी समेत दिनुभयो । 

‘मृगौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागि हालेमा  प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, दुई पटक मृगौला प्रत्यारोपण गराइसक्नुभएका  प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘मृगौला रोगको साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपाल सहित विश्वभर मृगौला दिवस मनाईदैछ ।

‘हाम्रो खानपिन वा हाम्रो दैनिकमा मृगौलालाई असर पार्न खानपीन वा व्यवहार के हो ? र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यान दिन जरुरी छ’, प्रधानमन्त्रीको भनाई थियो ।  उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो ।  यो रोग जसलाई पनि हुन सक्ने भएकोले सबै जना सजग हुनुपर्ने  समेत प्रधानमन्त्रीले बताउनुभयो । 

पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराउनुभयो । ‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ’, उहाँको भनाई थियो । 
मृगौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका  प्रचारलाई अझ थप व्यापक बनाउनु पर्नेमा पनि जोड दिनुभयो । 
प्रधानमन्त्री ओली सम्बोधन पश्चातको प्रभातफेरीमा पनि सहभागी हुनुभएको थियो ।