४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिटै प्रारम्भ हुनेछ- प्रधानमन्त्री ओली

नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिटै प्रारम्भ हुनेछ-  प्रधानमन्त्री ओली
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने बताउनुभएको छ । विश्व मृगौला दिवसका अवसरमा राजधानीमा आज विहान आयोजित चेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले छिटै त्यस्तो केन्द्र स्थापना गर्न मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशिल रहनुभएको जानकारी समेत दिनुभयो । 

‘मृगौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागि हालेमा  प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, दुई पटक मृगौला प्रत्यारोपण गराइसक्नुभएका  प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘मृगौला रोगको साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपाल सहित विश्वभर मृगौला दिवस मनाईदैछ ।

‘हाम्रो खानपिन वा हाम्रो दैनिकमा मृगौलालाई असर पार्न खानपीन वा व्यवहार के हो ? र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यान दिन जरुरी छ’, प्रधानमन्त्रीको भनाई थियो ।  उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो ।  यो रोग जसलाई पनि हुन सक्ने भएकोले सबै जना सजग हुनुपर्ने  समेत प्रधानमन्त्रीले बताउनुभयो । 

पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराउनुभयो । ‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ’, उहाँको भनाई थियो । 
मृगौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका  प्रचारलाई अझ थप व्यापक बनाउनु पर्नेमा पनि जोड दिनुभयो । 
प्रधानमन्त्री ओली सम्बोधन पश्चातको प्रभातफेरीमा पनि सहभागी हुनुभएको थियो ।