८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराह्नपछि पहाडी भूभागमा वर्षाको सम्भावना



अ+ अ-

काठमडौं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना छ ।

हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रही अपराह्नपश्चात् पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २७ दशमलव तीन डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव सात डिग्री सेल्सियस छ ।