• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

पाकिस्तानविरुद्ध नेपालले पहिलो विकेट गुमायो, आउट भए अर्जुन



काठमाडौँ । आइसीसी यू-१९ विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिलो विकेट गुमाएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटमा ओपनर अर्जुन कुमाललाई गुमाएको हो । उनी १२ बलमा ६ रन बनाउदै एहमद हुसेनको बलमा आउट भए ।

ताजा स्थितीमा नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३५ रन बनाएको छ ।

नेपालको प्लेइङ ११:
अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), उत्तम थापा मगर (विकेटकिपर), गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता ।