• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

निर्वाचन आचारसंहिता लत्याउँदै कोशीमा दलहरुको चियापान



काठमाडौँ । निर्वाचन आचारसंहिता लत्याउँदै कोशी प्रदेशमा सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनले चियापान गरेका छन् । राष्ट्रियसभा निर्वाचनको मौन अवधिको बेलामा पनि दलहरुले चुनावलक्षित प्रचार र भेला जारी राखेका हुन् ।

सत्ता गठबन्धनले विराटनगरस्थित नेपाली कांग्रेसका नेता शेखर कोइराला निवासमा राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाएर चियापान गरेका छन् । चियापानमा महामन्त्री गगन थापा, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, माओवादी नेताहरू पनि उपस्थित थिए ।

यस्तै अर्को एमाले र राप्रपाले पनि विराटनगरस्थित होटल ह्यारिसनमा चुनाव लक्षित भेला गरेका छन् । ह्यारिसनमा एमाले महासचिव शंकर पोखरेल र राप्रपा नेताहरूसहित उम्मेदवार र मतदाता भेला भएका बताईएको छ ।

राष्ट्रियसभाको निर्वाचन बिहीबार हुदैछ । कोशीमा सत्ता गठबन्धनबाट अन्यतर्फ कांग्रेस नेता कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादी केन्द्रकी चम्पादेवी कार्की उम्मेदवार छन् । यस्तै, एमाले–राप्रपा गठबन्धनबाट अन्यमा राप्रपाका उद्धव पौडेल र महिलामा एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन् ।