१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

निर्वाचन आचारसंहिता लत्याउँदै कोशीमा दलहरुको चियापान

निर्वाचन आचारसंहिता लत्याउँदै कोशीमा दलहरुको चियापान
अ अ+ अ-

काठमाडौँ । निर्वाचन आचारसंहिता लत्याउँदै कोशी प्रदेशमा सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनले चियापान गरेका छन् । राष्ट्रियसभा निर्वाचनको मौन अवधिको बेलामा पनि दलहरुले चुनावलक्षित प्रचार र भेला जारी राखेका हुन् ।

सत्ता गठबन्धनले विराटनगरस्थित नेपाली कांग्रेसका नेता शेखर कोइराला निवासमा राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाएर चियापान गरेका छन् । चियापानमा महामन्त्री गगन थापा, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, माओवादी नेताहरू पनि उपस्थित थिए ।

यस्तै अर्को एमाले र राप्रपाले पनि विराटनगरस्थित होटल ह्यारिसनमा चुनाव लक्षित भेला गरेका छन् । ह्यारिसनमा एमाले महासचिव शंकर पोखरेल र राप्रपा नेताहरूसहित उम्मेदवार र मतदाता भेला भएका बताईएको छ ।

राष्ट्रियसभाको निर्वाचन बिहीबार हुदैछ । कोशीमा सत्ता गठबन्धनबाट अन्यतर्फ कांग्रेस नेता कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादी केन्द्रकी चम्पादेवी कार्की उम्मेदवार छन् । यस्तै, एमाले–राप्रपा गठबन्धनबाट अन्यमा राप्रपाका उद्धव पौडेल र महिलामा एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन् ।