२१ असार २०८३, आईतवार
,
Latest
सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरी सेना दिवस मनाए



अ+ अ-

काठमाडौं । नेपाली सेनाले बिहिबार औपचारिक कार्यक्रम गरी दिवस मनाएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरी सेना दिवस मनाएको हो । 

टुडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायत राज्यका विभिन्न निकायका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

हरेक बर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्दछ । यसको शुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ । नेपाली सेनाले कार्यक्रममा विभिन्न साहसिक खेलहरु तथा झाँकी प्रस्तुत गरेको थियो । सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाएका छन् ।

बिहिबार काठमाण्डौंका सैनिक मञ्चमा परेड तथा तोप बढाइ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो । समारोहमा नेपाली सेनाले आफ्नो सौर्य कौशलको प्रदर्शन गरेको आकर्षक देखिएको थियो ।

कार्यक्रममा सेनाका जवानहरुले राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपास गर्नुको साथै सेनाको बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिएको थियो ।