• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

एकैदिन पाँच लाखले दर्शन गरे राम मन्दिर



अयोध्या । रामलल्ला प्राणप्रतिष्ठाको दोस्रो दिन रामपथमा श्री रामलल्लाको दर्शनका लागि भक्तजनको भीड लागेको छ । यसअघि मंगलबार रामलल्लाको अभिषेक भएको भोलिपल्ट मन्दिरमा रामभक्तहरुको बाढी आएको थियो ।

मन्दिर खुल्ने समय बिहान सात बजे भए पनि बिहान तीन बजेदेखि नै भक्तजनको आगमन सुरु भएको थियो ।

भक्तजनको आस्थाले प्राणप्रतिष्ठाको पहिलो दिन दर्शनको नयाँ कीर्तिमान पनि बनाएको छ । मंगलबार राम मन्दिरमा पाँच लाख भक्तजन सहभागी भएका थिए । मन्दिरमा राति ९ बजेसम्म दर्शन गराइएको थियो ।

व्यवस्थालाई सहज बनाउन मुख्यमन्त्री योगी आदित्यनाथ आफैंले साँझ जिम्मेवारी लिएका थिए । उनले अयोध्या पुगेर भक्तजनलाई धैर्य गर्न आग्रह गरे । यसैबीच अयोध्या आउने रोडवेजका बसहरू पनि रोकिनुपरेको छ ।

जिल्ला प्रशासन र श्री रामजन्मभूमि ट्रष्टले अब बिहान ६ बजेदेखि राति १० बजेसम्म निरन्तर दर्शन गर्न सकिने निर्णय गरेको छ । यस बीचमा आरती र भोगका लागि केही समय दर्शन रोकिनेछ ।