१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन पाँच लाखले दर्शन गरे राम मन्दिर



अ+ अ-

अयोध्या । रामलल्ला प्राणप्रतिष्ठाको दोस्रो दिन रामपथमा श्री रामलल्लाको दर्शनका लागि भक्तजनको भीड लागेको छ । यसअघि मंगलबार रामलल्लाको अभिषेक भएको भोलिपल्ट मन्दिरमा रामभक्तहरुको बाढी आएको थियो ।

मन्दिर खुल्ने समय बिहान सात बजे भए पनि बिहान तीन बजेदेखि नै भक्तजनको आगमन सुरु भएको थियो ।

भक्तजनको आस्थाले प्राणप्रतिष्ठाको पहिलो दिन दर्शनको नयाँ कीर्तिमान पनि बनाएको छ । मंगलबार राम मन्दिरमा पाँच लाख भक्तजन सहभागी भएका थिए । मन्दिरमा राति ९ बजेसम्म दर्शन गराइएको थियो ।

व्यवस्थालाई सहज बनाउन मुख्यमन्त्री योगी आदित्यनाथ आफैंले साँझ जिम्मेवारी लिएका थिए । उनले अयोध्या पुगेर भक्तजनलाई धैर्य गर्न आग्रह गरे । यसैबीच अयोध्या आउने रोडवेजका बसहरू पनि रोकिनुपरेको छ ।

जिल्ला प्रशासन र श्री रामजन्मभूमि ट्रष्टले अब बिहान ६ बजेदेखि राति १० बजेसम्म निरन्तर दर्शन गर्न सकिने निर्णय गरेको छ । यस बीचमा आरती र भोगका लागि केही समय दर्शन रोकिनेछ ।