२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

सर्जियो अग्वेरोलाई बार्सिलोनाको अफर

सर्जियो अग्वेरोलाई बार्सिलोनाको अफर
अ अ+ अ-

विश्व फुटबलमा युरोपेली क्लबहरु निकै ठूला, प्रतिष्ठित र धनाढ्य मानिन्छन् । क्लबहरुले विश्वस्तरका खेलाडीमा राम्रै पैसा खर्च गर्ने भएकाले पनि यी क्लबहरु सधैं चर्चामा रहने गर्दछन् ।

स्पेनी क्लब बार्सिलोना त्यस्तै क्लबमा पर्दछ । यो क्लबले स्पेनी ला लिगा, च्याम्पियन्स लिग समेतका अनेक प्रतियोगिता पटकपटक जित्दै आएको छ । यसको स्तर केही खस्कियो भने विश्वभर नै खैलाबैला मच्चिन्छ ।

त्यही कारण क्लबले आफ्नो साख जोगाइराख्न हरेक वर्ष र सिजनमा नयाँ, अनुभवी र प्रतिभावान खेलाडीको खोजी गरिरहेको हुन्छ । बार्सिलोनामा लियोनेल मेस्सी जस्ता विश्वस्तरका खेलाडी छन्, तैपनि यो क्लबले यस वर्षको च्याम्पियन्स लिगमा राम्रो नतिजा निकाल्न सकेन, र क्लब आठ उत्कृष्ट टीममा पर्न सकेन । अन्तिम १६ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग दुबै लेगमा पराजित भएपछि बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

च्याम्पियन्स लिगबाट बाहिरिनु परेको चोट मेटाउन अहिले क्लबले अर्का अर्जेन्टिनी फर्वाड सर्जियो अग्वेरोलाई क्लबमा ल्याउन पहल शुरु गरेको छ । मेस्सी र अग्वेरो दुबै अर्जेन्टिनी फुटबलका फर्वार्ड हुन् । हाल म्यान्चेस्टर सिटीमा खेल्दै गरेका ३२ वर्षीय अग्वेरोको कन्ट्राक्ट यसै सिजनको अन्त्यमा सकिँदैछ ।

टिकस्पोर्टसमा छापिएको समाचारमा अग्वेरोले क्लब छाड्ने वा नछाड्ने अथवा के कति रकममा स्थानान्तरण हुने भन्ने केही खुलाइएको छैन । तर करार सकिएसँगै अग्वेरोले क्लब छान्न पाउने छन् ।

स्थानान्तरणमा चासो देखिएका अरु खेलाडी

इङलिस प्रिमियर लिगको प्रमुख क्लब चेल्सीले जर्मन स्ट्राइकर टिमो वर्नरलाई यसै समर सिजनमा बिक्री गर्ने सम्भावना रहेको फुटबल इन्साइडरले जनाएको छ । उनी आरबी लाइपजीगबाट ५ करोड ४० लाख पाउन्डमा चेल्सीमा अनुबन्धित भएका थिए ।

म्यान्चेस्टर युनाइटेडमा यसै सिजनमा अनुबन्धित भएका ३४ वर्षीय उरुग्वेली फर्वार्ड एडिन्सन काभानी अर्को सिजनमा युनाइटेडमै रहने सम्भावना न्यून देखिएको छ । उनका बुबाले काभानी अर्को सिजनमा बोका जुनियर्समा जान सक्ने बताएका छन् ।

विश्व फुटबलका महारथी क्रिस्टियानो रोनाल्डोको खराब फर्मलाई लिएर चर्चा चुलिएसँगै उनले इटालीयन क्लब युभेन्टस छाड्ने सम्भावना पनि बढेको छ । यस वर्षको च्याम्पियन्स लिगबाट क्लब विदा भएकाले पनि युभेन्टसले यस सिजनको अन्त्यबाट रोनाल्डोलाई विदा दिने सम्भावना बढेको छ ।

लिभरपुलले ब्राजिलको सान्तोस क्लबका १६ वर्षे खेलाडी एन्जेलो गाब्रियललाई भित्र्याउन चाहेको छ ।