२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

खोप अभियानः सार्क मुलुकमा नेपाल दोस्रो स्थानमा

खोप अभियानः सार्क मुलुकमा नेपाल दोस्रो स्थानमा
अ अ+ अ-

काठमाडौं । सार्क मुलुकमा भारतले पहिलो पटक माघ ३ गते खोप अभियान सुरु गरेको थियो। त्यसपछि यो क्षेत्रमा खोप पाउनेमा दोस्रो बन्यो नेपाल। हामीकहाँ माघ १४ गते सुरु गरिएको अभियान दोस्रो चरणमा पुगेको छ। यो अवधिमा झन्डै ४.५ प्रतिशत जनसंख्याले खोप लगाएका छन्। जब कि भारतमा कुल जनसंख्याको १।४ प्रतिशत ९बुधबारसम्म०ले मात्रै लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।

भारतले सुरुमा १० लाख डोज कोभिसिल्ड खोप नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको थियो। भारतकै सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ नेपालीले लगाएका छन्। दोस्रो चरणमा बिहीबारसम्म ९ लाख ११ हजार ९ जनाले लगाएको स्वास्थ्य सेवा विभागको 

खोप शाखा प्रमुख डा. झलक गौतमले बताए। डा. गौतमका अनुसार ‘खोप कभरेज’ कुल जनसंख्याको ४।५ प्रतिशत छ।‘खोप कभरेजमा हामी भारतभन्दा अगाडि छौं’, डा. गौतमले भने, ‘सार्क मुलुकमा हामी दोस्रो स्थानमा छौं। पहिलो स्थानमा माल्दिभ्स छ। खोपको सुरुवात त र कभरेज गर्नेमा नेपाल उदाहरणीय बनेको छ।’ उनका अनुसार सयभन्दा बढी मुलुकले अझै खोप पाएका छैनन्।

सरकारले सेरम इन्स्टिच्युटबाट चार डलरका दरमा २० डोज खरिद सम्झौता गरी १० लाख डोज ल्याएर दोस्रो चरणको अभियान जारी छ। बाँकी १० लाख डोज ल्याउने तयारी सरकारको छ। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।