२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा निगमको भुमिका रहदैन

पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा निगमको भुमिका रहदैन
अ अ+ अ-

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा आफ्नो भुमिका नहुने स्पष्ट पारेको छ । शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठुलो भुमिका नहुने बताउनुभएको हो । 

आयल निगमले बिक्री गर्ने तेलको मुल्य निर्धारण श्रोतमा हुने मुल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पार्नुभयो । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मुल्यलाई घटबड गराउने बताउनु भयो । बाहिर समाचारमा आए जस्तो निगमको आन्तरिक खर्च र ब्यबस्थापनको खर्च धान्ने विषय मुल्य सँग नजोडिने बताउनु भयो । आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपर्ने अबस्था नरहेको पनि बताउनुभयो । प्राकृतिक हिसाबले मुल्य घटबढ हुने भएकाले मुल्य बढ्दा बढाउनुपर्ने र घट्दा घटाउनुपर्ने उहाँको भनाई छ । 

उहाँले भन्नुभयो – ‘हाम्रो कस्टिङमा स्रोत हाम्रो कहिल्यै महंगो छैन । हामीले जुन प्राइसमा किन्छौ त्यो महंगो हालेर हामीले किनेको छैनौं त्यो हामी सबैले बुझिदिनुपर्छ । निगमका खर्च, कर्मचारी खर्चहरु आउँछन्, त्यो चिजपनि आजको दिनसम्म पेट्रोलियम पद्धार्थ विक्रि गर्नै पर्दैन निगमलाई । निगमको अन्य स्रोतबाट पनि पुग्छ । त्यो चिजले गर्दा पेट्रोलियम पद्धार्थको मुल्यमा कुनैपनि असर आउँदैन । यो मुल्य बढ्नमा सरकारको, निगमको कुनैपनि ठुलो भुमिका छैन र यो प्राकृतिक हिसाबले नै बढेको छ ।’

आयल निगमले मुल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर विक्रि गरेको पनि उहाँले बताउनुभयो । मुल्यवृद्धि लामो समयसम्म रहे ठुलै लेभलको मुल्य समायोजन. गर्नुपर्ने अवस्था आउनसक्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो –‘यो मुल्यवृद्धि यसरी लामो समय रहने हो भने हामीले कुनैपनि पोइन्टमा आएर चाहीँ ठुलो लेभलको मुल्य समायोजन गर्ने परिस्थिति हुन्छ ।’

हाल निगमले पेट्रोलको मुल्य प्रतिलिटर १ सय १६ रुपैँया, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ९९ रुपैँया र खाना पकाउने एल पी ग्याँसको मुल्य १४ सय रुपैँया कायम गरेको छ ।