१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्र आर्थिक विकासको रियल एक्टर हो- वरिष्ठ उपाध्यक्ष ढकाल



अ+ अ-

बीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र भनेको देशको आर्थिक विकासका लागि 'रियल एक्टर' हो भन्नुभएको छ । 

उहाँले भन्नुभयो- 'मुलुकको विकास र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका उल्लेखनीय छ ।' उहाँले भन्नुभयो- "निजी क्षेत्रले रोजगारी सृजना गर्नुका साथै मुलुकलाई राजस्वमा योगदान पुराउने र पूर्वाधार निर्माण र यसको विकासमा पनि मुख्य भुमिका खेलेको छ, त्यसैले निजी क्षेत्र भनेको देश विकासको एक रियल एक्टर नै हो ।"

वरिष्ठ उपाध्यक्ष ढकालले विरगन्ज उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारण सभालाई आज प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै कोभिडका कारणले दुई प्रतिशतको नेगेटिभ ग्रोथ भइरहेको अवस्था रहेको पनि स्पष्ट गर्नुभयो । 

उहाँले यहाँका जति पनि समस्या र मुद्दाहरु छन् तिनलाई नियममनकारी निकायमा लग्नका लागि विरगन्ज उद्योग वाणिज्य संघले पहल गर्ने र महासंघले सम्बन्धित निकायमा लैजाने प्रतिबद्धता व्यक्त गर्नभयो ।

उहाँले भन्नुभयो- डोइङ बिजनेस रिपोर्टको प्रतिवेदनले औद्योगिक क्षेत्रको नियमनमा रहेका समस्याको प्रतिविम्बित गर्दछ । यसको कर तिर्ने वातावरणमा नेपाल १९० मुलुकहरुमध्ये १७५ औं स्थान र व्यवसायिक दर्ताको लागि नेपाल १३५ औ स्थानमा रहेको छ ।

अन्तर्राष्ट्रिय व्यापारसंग सम्बन्धितलजिस्टिक परफरमेन्स रयांकमा नेपाल ११४ औ स्थानमा, विश्व आर्थिक मंचले प्रकाशित गर्ने १४१ मुलुकहरुकोे विश्व प्रतिस्पर्धात्मक सूचकमा नेपालको स्थान १०८ रहेको जानकारी उहाँले दिनुभयो ।

त्यसैगरी सडक संजालमा १०१ औ स्थान, गुणस्तरीय सडकमा १२० औँ स्थानमा नेपाल रहेको उहाँले बताउनुभयो । डुइङ बिजनेस ईन्डेक्समा नेपालको अवस्था सुधार हुँदै आएको बताउँदै बरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण बनाउन करसम्बन्धी पुराना कानुन तथा नियमहरू बिस्तारै परिमार्जन गर्दै जानुपर्ने बताउनुभयो।

उहाँले उद्योग वाणिज्य संघलाई व्यवसायीहरुको क्षमता विकासको केन्द्रको रुपमा विकसित गर्नुपर्ने र सबै व्यवसायलाई मार्गदर्शन गर्न सक्ने संस्थाको रुपमा विकसित गर्ने आफ्नो प्रतिवद्धता जनाउनुभयो । साथै यसका लागि आवश्यक वातावरण बनाउन आफ्नो सक्दो प्रयास रहिरहने पनि उहाँले बताउनुभयो । 

देशमा व्यवसायिक क्रियाकलापहरु बढाउने वातावरणका लागि नेपाल पछाडि रहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले आफू नेपालको निजी क्षेत्रको एक प्रतिनिधित्वका हिसाबले त्यसमा सुधारका लागि सरकारले पहल गर्नुपर्ने धारणा राख्नुभयो । 

नेपाल उद्योग वाण्ज्यि महासंघको सदस्यको रुपमा विरगन्ज उद्योग वाणिज्य संघले सक्रियरुपमा काम गरेको बताउनुभयो । हउाँले आगामी दिनमा विरगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गरेर व्यवसायिक गतिविधिलाई अझै सक्रिय रुपमा अगाडी बढाउने बताउनुभयो । 

त्यसैगरी उपाध्यक्ष ढकालले चेम्बर कानून ल्याउनु पर्ने आवश्यकता औँल्याउँदै चेम्बर कानूननले उद्योग वाणिज्य संघहरुलाई व्यवसायीसम्बन्धी सेवा दर्ता, संचालन र बर्हिगमनका समस्याहरु समाधानका लागि एक केन्द्रको रुपमा विकसित गर्ने धारणा राख्नुभयो । 

तीन तहको सरकारको मेकानिजम दशेमा व्यावसायिक प्रमोट गर्ने हिसाबको हुनुपर्ने उहाँको सुझाव थियो । उहाँले भन्नुभयो नेपालमा एउटा सानो आइपियो खुल्दा पनि कति गुणा बढी आवेदन पर्छ यसबाट हामीसँग कति धेरै पैसा छ भन्ने स्पष्ट हुन्छ । 

यो अवस्था भनेको नागरिक लगानीका लागि आतुर भएको अवस्था हो भन्ने बुझेर देशले स्वदेशी र विदेशी लगानीका लागि इन्करेज हुने खालको नीति, नियम तथा वातावरण बनाओस् उहाँले भन्नुभयो ।