२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजविराजमा जनमत पार्टी र प्रहरीबीच झडप, मधेशका शिक्षामन्त्रीसहित ३ सांसद घाइते



अ+ अ-

जनकपुर । सप्तरी राजविराजमा जनमत पार्टी र प्रहरीबीच सामान्य झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि झडप भएको हो ।

झडपमा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।

जनमत पार्टीको विरोधकाबीच राजविराज नगरपालिका १३ बिसहरियामा विश्वविद्यालयको भवन निर्माणका लागि जसपा अध्यक्ष यादव र मुख्यमन्त्री सरोज कुमार यादवले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

सप्तरी २ बाट पराजित उपेन्द्र यादवलाई नै प्रमुख अतिथि बनाएपछि जनमतले विरोध गरेको थियो । जनमतको प्रदर्शनका कारण शिलान्यास स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।