१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

अयोध्याको झलक दिनेगरी मटिहानीमै राम सीताको मूर्ति

अयोध्याको झलक दिनेगरी मटिहानीमै राम सीताको मूर्ति
अ अ+ अ-

महोत्तरी । आफ्ना नगरवासीलाई अयोध्याको झलक दिन मटिहानी नगरपालिकाले काठबाट २५ फिट अग्लो श्रीराम र सीताको मूर्ति बनाएको छ ।

अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राणप्रतिष्ठा कार्यक्रमकै अनुशरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति ९प्रतिमा० तयार गरेको हो । निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठ परिसरमा स्थापित गरिँदैछ । लक्ष्मीनारायण मठ मुलुकका सबै मठको नायक मानिन्छ ।

श्रीरामको बालरूप प्रतिमा आज अयोध्यामा निर्मित राममन्दिरमा प्राणप्रतिष्ठा गरिने कार्यक्रमको झलक दिनेगरी लक्ष्मीनारायण मठमा उक्त प्रतिमा स्थापित गरेर प्राणप्रतिष्ठा गर्न लागिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।

“स्थापित परम्पराअनुसार धार्मिक विधिका साथ मठमा श्रीराम र जानकीको प्रतिमा स्थापित गरेर आजै प्राणप्रतिष्ठा गरी पूजाअर्चना थालिनेछ”, नगरप्रमुख मण्डलले भन्नुभयो, “रामलीला ९श्रीरामको बालस्वरुप०को प्रतिमा अयोध्यामा प्राणप्रतिष्ठा गरिने कार्यक्रम सँगसँगै हामी यहाँको प्रतिमा स्थापनाको काम सक्छौँ ।” अहिले जताततै बन्दै गएको श्रीराममय परिवेशको साक्षात अनुभूति नगरवासीलाई गराउन प्रतिमा बनाएर स्थापित गर्न लागिएको उहाँको भनाइ थियो ।

प्रतिमा स्थापित र प्राणप्रतिष्ठाको कार्यक्रमसँगै जोडेर अहिले बिहान पवित्र लक्ष्मीसागरमा आरती भइरहेको छ । लक्ष्मीसागर तलाउ अघि त्रेतायुगमा श्रीराम र सीताको विवाहमा यज्ञ वेदी बनाउन माटो खनिएको पवित्रस्थल मानिन्छ । आज साँझ लक्ष्मीनारायण मठमा महाआरती र सांस्कृतिक उत्सवका कार्यक्रम आयोजना गरिँदैछ । यो धार्मिक समारोहको तयारीमा मटिहानीस्थित लक्ष्मीनारायण मठ परिसर, लक्ष्मीसागर र वरपर दुलही झैँ सिँगारिएको छ । शिल्पकार राजु लालले १५ दिन लगाएर उक्त प्रतिमा कुँदनुभएको हो । प्रतिमा बनाउन काठका २० वटा प्लाई ९फलेक० प्रयोग भएका उहाँले बताउनुभयो ।

आइतबार जलेश्वर, मटिहानी र मनराशिशवा नगरपालिकाले आआफ्ना नगरक्षेत्रमा नगर शोभायात्रा गरेका र आज जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजाअर्चनाका कार्यक्रम भइरहेको छ । श्रीरामलीलाको प्रतिमा प्राणप्रतिष्ठाको उत्सव मनाउन मनराशिशवा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । रासस